ट्रेंडिंग:

>> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान

फुलबारी–नुवाकोट वृहत पदयात्रा

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

बुटवल, १ पुस । स्थानिय पर्यटकलाई आकर्षण गर्ने र पर्यटन प्रवद्र्घन उद्देश्यका साथ पुस २ गते वृहत पदयात्रा हुने भएको छ । ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा पहिलोपटक बुटवल मणिमुकुन्द उद्यानदेखि नुवाकोटसम्मको साढे ३ किलोमिटर वृहत पदयात्रा गर्ने भएको हो ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि एक दिने वृहत पदयात्राको तयारी पुरा भएको नाटाका अध्यक्ष रचना पन्तले बताईन । आन्तरिक र बाह्य पर्यटकलाई समेत धार्मिक, सांस्कृतिक, पर्यटकिय क्षेत्रहरु चिनाउन कार्यक्रम उपयोगी हुने उनले बताईन । ‘बिहान साढे ६ बजे बुटवल मणिमुकुन्द सेन उद्यानबाट कार्यक्रम शुरु हुने छ ’– उनले भनिन् । सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसंगै पछिल्लो समयमा सो क्षेत्रमा प्रदेश सरकारको लगानीमा सांस्कृतिक डबली तयार भएको छ । यसैगरि नीजि क्षेत्रको लगानीमा केवलकार संचालनको अन्तिम तयारीमा रहेको छ । यस्ता सबै पर्यटन पुर्वाधारहरु समेत अवलोकन कार्यक्रममा हुने उनले बताईन । कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका करिब ३ सय जनाको सहभागिता रहने उनले बताईन । फुलबारी देखि नुवाकोट साढे ३ र फर्कदा साढे ३ गरि कुल ७ किलोमिटरको दुरिको यात्रामा सहभागीलाई टिसर्ट, पिउने पानी, नास्ता, खानाको ब्यवस्थापन विभिन्न सरकारी तथा संघसंस्थाहरुबाट गरिने उनले बताईन् । पदयात्रा संगै सरसफाईको अभियानलाई समेत जोडेको उनले बताईन । ‘हामीले फर्कंदा बाटामा भेटिएका फोहोरहरु संकलन गरि ब्यवस्थापन गर्ने छौ’– उनले भनिन् । पर्यटकहरुलाई सरसफाईप्रति सचेत बनाउन जरुरी रहेको उनले बताइन् ।
लुम्बिनी प्रदेश पर्यटन परिषद, लुम्बिनी प्रदेश पर्यटन बोर्डको सहकार्यमा बुटवलदेखि नजिककै रहेको पर्यटकिय स्थलको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन हुने गरि कार्यक्रम गरिएको संयोजक गणेश भट्टराईले बताए । एक दिनको कार्यक्रममा भैरवस्थान मन्दिर र साइड हेर्ने, फोटोसेसन गर्ने लगायतका कार्यक्रम हुने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?