ट्रेंडिंग:

>> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप

लुम्बिनीबाटै नेपाललाई विश्वमा चिनाउन सकिन्छ : सांसद घिमिरे

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

 

बुटवल,२९ मंसिर ।   लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई विहिबार सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले खादा ओढाएर सम्मान गरेका हुन् ।

सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचित वासुदेव घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबै पक्षविच हातेमालो जरुरी रहेको बताए । उनले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने बताउँदै कोषको गुरुयोजना सम्पन्न गर्नका लागि संघीय सांसदको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी भित्रको विकाससँग स्थानीय नागरिकलाई जोडेर विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा रुपन्देहीको निर्वाचन क्षेत्र न ५ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य सिके गुप्ताले लुम्बिनीको विकासका लागि जनप्रतिनिधिका रुपमा आफू सहयोग गर्न तयार रहेको बताए । उनले लुम्बिनीमा अस्पतालकको आवश्यकता रहेकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठीले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताए । उनले लुम्बिनी गुरुयोजनाका लागि साँढे ७ अर्बको बजेट आवश्यक रहेपनि एकमुष्ट बजेट नछुट्दिा निर्माण ढिलाई भइरहेकाले यसमा पहल गर्न सांसदहरुको ध्यानआर्कषण गराए । उनले लुम्बिनी क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको अस्पताल र गुणस्तरीय बौद्ध शिक्षा दिने शिक्षालयको आवश्यकता रहेकाले यसतर्फ संघीय र प्रदेश सांसदहरुले आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले आफुहरु लुम्बिनीको विकासमा नयाँ काम गर्न चाहेको बताउँदै त्यसका लागि नवनिर्वाचित सांसदहरुसँग सहकार्य गर्न तयार रहेको बताए । उनले लुम्बिनी सुरक्षित, सुन्दर र बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउन गरि मिलेर काम गर्न सकिने बताए ।

कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजना अनुसारका निर्माणहरु भइरहेको बताउँदै पर्याप्त बजेटका लागि पहल गरिदिन आग्रह गरे । उनले गुरुयोजनाका लागि बजेटको सुनिश्चिता भएपनि बर्षमा एक अर्बको हाराहारीमा मात्रै बजेट छुट्याउदा गुरुयोजनाको कामले गति लिन नसकेको बताए।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धीन खाँन, लुम्बिनीका वडा न। ३ का वडाअध्यक्ष अकरामुद्धिन मुसलमानले लुम्बिनी भित्र मात्रै नभई बाहिरी क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताए । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी विकास कोषको प्राथमिकता र बौद्ध सर्किटका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?