© २०२३
बुटवल,२८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा आफूलाई सघाउन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले देउवासंग दलको नेतामा सघाउन आग्रह गरेका हुन् । देउवाको सहयोग भएमा आफू सर्वसम्मत नेता बन्ने पनि पौडेलले दाबी गरे।
जवाफमा प्रधानमन्त्री देउवाले यसबारे पछि पार्टी कार्यसमितिमा सल्लाह गरौँला भन्ने जवाफ दिएका पौडेल निकट स्रोतले जनाएको छ ।
कांग्रेसको संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापा मुख्य प्रतिस्पर्धामा देखिएका छन्।
अर्कातिर पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि इच्छा देखाएका छन्। यसबीचमा अब वरिष्ठ नेता पौडेलले पनि आकांक्षा देखाएका छन्।
सत्ता गठबन्धनमा अझै पनि आगामी ५ वर्षका लागि पहिलो कार्यकाल कसले सरकारको नेतृत्व गर्ने कुरा मिलिसकेको छैन।