ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

को हुन् प्यूठानका ५ सांसद् ?

२६ मंसिर २०७९, सोमबार
२६ मंसिर २०७९, सोमबार

प्युठान,२६ मंसिर ।  एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानले आगामी पाँच वर्ष कार्यकालका लागि पाँच जना सांसद् पाएको छ । प्रतिनिधीसभा सदस्यमा एक र प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक चार जना गरी पाँच जनाले प्यूठानको साझा प्रतिनिधित्व गर्नेछन् । जिल्लाबासीले अब दल विशेषको नभई साझा प्यूठानीको अभिभावक बनेर जिल्लाको विकासमा ध्यान दिन जनप्रतिनिधीलाई सुझाएका छन् ।

सूर्य थापा (प्रतिनिधिसभा सदस्य)

प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा पहिलो प्रयासमै विजयी भए । पाँचदलीय गठवन्धनको घेरा तोडेर थापाको विजयीसँगै जिल्लामा एमाले पहिलो दल बन्यो । उनीसँग प्रतिस्पर्धामा गठवन्धनबाट राजमोकी उपाध्यक्ष दुर्गा पौडेल थिइन् ।
झिमरुक गाउँपालिका १ सौतामारे प्यूठान निवासी सूर्य थापा नेपाली राजनीतिमा प्रष्ट वक्ता र स्वच्छ छबीको नेताको रुपमा चिनिन्छन् । राष्ट्रिय राजनीतिमा उनको सिधा पहुँच छ । प्यूठानलाई राष्ट्रिय राजनीतिसँगै सिँहदरवारसँग प्रत्यक्ष जोड्ने भरोसाले पनि थापालाई जिल्लाबासीले रोजाईमा पारेको अधिकांशको प्रतिक्रिया सुनिन्छ ।
तीन दशक बढी समय पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका थापाले विशेषतः पार्टीको केन्द्रिय प्रचार समितिमा रहेर काम गरे । त्यससँगै पर्यटन क्षेत्रमा पनि उनको विशेष दख्खल मानिन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन विभागको उनी पार्टीमा प्रमुख भएर काम गरे । पार्टीले दिएको भूमिका र जिम्मेवारीलाई कुशलतापूर्व पुरा गर्ने स्वच्छ छबी बनाएका थापाले समग्र प्यूठानको विकासमा पनि त्यस्तै छबी बनाएर काम गर्ने आशा र भरोसा जिल्लाबासीको छ । समाजशास्त्रमा स्नातकोत्तर तह र व्यवस्थापन संकायमा स्नातक गरेका थापा अहिले ४८ वर्षका भए । थापा पार्टीको निर्वाचित केन्द्रिय सदस्यहुँदै पोलिटब्यूरो सदस्यको भूमिका छन् । २०६० सालमा ‘विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य’ नामक पुस्तक लेखेर थापाले मुलुकमा गणतन्त्र स्थापनाको माहोल सृजना गरेका थिए ।

तुल्सीराम शर्मा (प्रदेशसभा १)

प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ मा पाँचदलीय गठवन्धनलाई नै पछिपार्दै नेकपा एमालेका तुल्सीराम शर्मा विजयी भएका छन् । उनीसँगको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) थिए । शर्मा एमाले प्यूठानको निवर्तमान पार्टी अध्यक्ष हुन् । हाल उनी लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्यको भूमिकामा छन् ।
६५ वर्षिय शर्मालाई सरल र स्वच्छ छबीको नेताको रुपमा चित्रण गर्ने गर्दछन् । प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी शर्माले एसएलसी उत्र्तिण गरेका छन् । एमालेको ०४८ सालदेखि संस्थापक जिल्ला कमिटी सदस्य, दुई÷दुई कार्यकाल उपसचिव र उपाध्यक्ष हुँदै आठ वर्ष आठ महिना जिल्ला अध्यक्ष भएर उनले काम गरे । ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक दाखाक्वाडी गाविसको उनी उपाध्यक्ष समेत हुन् । शर्मा पहिलोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सरोज थापा (रोज राणा)–प्रदेशसभा २

रोज राणा भनेर चिनिने सरोज थापा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ बाट पहिलो प्रयासमै सांसद् भए । विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय उनी नेपाल तरुणदलको केन्द्रिय सदस्यको भूमिका रहेर काम गरे ।
हाल उनी नेपाली कांग्रेस प्यूठान क्षेत्र नम्वर २ को दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतीको जिम्मेवारीमा छन् । थापा पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि महासमिति सदस्य समेत हुन् । राजनीतिसँगै नेपाली चलचित्र क्षेत्रमा थापाको नाम अझ बढी सुनिन्छ । नेपाल चलचित्र संघको केन्द्रिय सदस्य, महासचिव हुँदै उपाध्यक्षको भूमिकामा रहेर उनले जिम्मेवारी पुरा गरे । अध्यक्ष हुनेबेला छाडेर थापा सांसद् लड्न गृह जिल्ला प्यूठान आएका हुन् । प्यूठान नगरपालिका ८ निवासी ४० वर्षिय थापाले स्नातक तह उत्र्तिण गरेका छन् । हक्की स्वभावका थापा पार्टीमा देउवा खेमाका हुन् । पार्टी सभापती शेर बहादुर देउवासँग उनको निकटको सम्वन्ध छ ।

निमा गिरी (समानुपातिक सांसद्, लुम्विनी प्रदेश)

प्यूठानका महिला नेतृहरुमा धेरैले सुनेको नाम हो निमा गिरी । नेपाली कांग्रेसको तर्फबाट गिरी लुम्विनी प्रदेससभा सदस्यमा समानुपातिक सांसद् निर्वाचित भइन् । ३३ वर्षिय गिरीको स्थायी घर प्यूठानस्थित झिमरुक गाउँपालिका ७ तुषारा हो ।
उनले ०५५ सालदेखि बालकांग्रेसको सदस्यता लिएर राजनीति जीवनको शुरुवात गरिन् । नेविसंघ प्यूठानको जिल्ला उपाध्यक्ष, दाङस्थित महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ इकाइको सह अध्यक्ष, नेविसंघ त्रिभुवन विश्वविद्यालयको उपसभापतीको जिम्मेवारी उनले पुरा गरेको अनुभव छ ।
तीन÷तीन पटक उनी पार्टीको निर्वाचित महासमिति सदस्य हुँदै महिला संघ प्यूठानको जिल्ला सचिवको रुपमा काम गरिन् । गिरी हाल नेपाली कांग्रेस लुम्विनी प्रदेस समितिको निर्वाचित सह महामन्त्री हुन् । उनले व्यवस्थापन, राजनीतिशास्त्र र कानुनमा स्नातकोत्तर तह उत्र्तिण गरेकी छन् । अधिवक्ता समेत रहेकी गिरीले प्यूठानमा बसेर विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता गरेको भन्दै नेपाल सरकारले जनसेवा श्री पदकबाट सम्मानित समेत गरेको थियो । गिरी पनि प्यूठानबाट प्रतिनिधित्व गर्ने सांसद्मा नयाँ अनुहार हुन् ।

धनलक्ष्मी श्रेष्ठ (समानुपातिक सांसद्, लुम्विनी प्रदेश)

राजनीतिमा लामो समयदेखि सक्रिय धनलक्ष्मी श्रेष्ठ पहिलोपटक लुम्विनी प्रदेससभा सदस्यमा निर्वाचित भएकी छन् । उनी यसअघि ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्यूठान निर्वाचन क्षेत्र नम्वर २ बाट प्रत्यक्ष उम्मेदवार थिइन् । ०७४ सालको प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार भइन् ।
०६५ सालमा प्यूठान क्याम्पस खलंगाको स्ववियू उपसभापतीमा निर्वाचत भएपनि एक महिनापछि पुरा कार्यकाल कार्यवाहक सभापतीको रुपमा जिम्मेवारी पुरा गरिन् । केन्द्रिय स्ववियू परिषद् कोषाध्यक्ष, कांग्रेस प्यूठानको जिल्ला सदस्य, सह सचिव हुँदै महिला संघ प्यूठानको सचिवको रुपमा पनि उनले जिम्मेवारी पुरा गरिन् । श्रेष्ठ अन्तरपार्टी महिला संजाल प्यूठानको अध्यक्ष र पार्टीको महिला विभागको केन्द्रिय सदस्य हुँदै हाल महाधिवेशन प्रतिनिधि महासमिति सदस्यको भूमिकामा छिन् ।
४० वर्षिय श्रेष्ठ मल्लरानी गाउँपालिका ४ खलंगा निवासी हुन् । श्रेष्ठ सरकारी जागिरे जीवन त्यागेर राजनीतिमा लागेकी हुन् । राजनीतिमा सक्रिय हुनुपूर्व उनी बहादुरगञ्ज हस्पिटल कपिलवस्तुमा अहेव पदमा कार्यरत थिइन् । उनले ग्रामीण विकास र कानुनमा स्नातक तह उत्र्तिण गरेकी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?