© २०२३
बुटवल,२५ मंसिर । नेपाली कांग्रेसले लुम्बिनीमा समानुपातिकतर्फका १० जना प्रदेश सभा सदस्यको टुंगो लगाएको छ । १० जनामा एक जना पुरुष र ९ जना महिला हुन् । पुरुषतर्फ रुपन्देहीका देविप्रसाद चौधरी चयन भएका छन् । उनी फोरम लोतान्त्रिकबाट विजयकुमार गच्छेदारसँगै कांग्रेसमा आएका हुन्।
खस आर्य महिलातर्फ रुपन्देहीकी जमुना ढकाल,प्युठानकी निमा गिरी, दलितबाट दाङकी लोककुमारी विक, जनजातितर्फ बाँकेकी माया पुन, बर्दियाकी मालती सोडारी, प्युठानकी धनलक्ष्मी श्रेष्ठ, थारु समुदायबाट सन्जुकुमारी चौधरी, मधेशी तथा अल्पसंख्यक तर्फबाट सुशिला बादी, मुश्लिमबाट मिनाकुमारी बोहोरा सिद्दिकी सांसद सिफारिस भएका छन्। चौधरी, बादी र सिद्दिकी तीनैजना बाँकेका हुन्।