© २०२३
बुटवल,२५ मंसिर । दाङमा मोटो रकम माग गर्दै नदिए बलात्कार मुद्दा लगाइदिने भन्दै एक व्यवसायी पुरुषलाई ब्लयाकमेलिङ ( हनि ट्रयाप) को आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हनि ट्रयापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत, गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन ।
प्रहरी निरीक्षक सन्जिब बेलबासेका अनुसार तुलसीपुरका एक जना ब्यबसायिलाई व्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए ।
ती महिलाले घरजग्गा समेत किनिदिन भन्दै ५ करोडसम्म बार्गेनिङ गर्न थालेर कृष्णाकुमारी बस्नेत र रुद्र केसी भनिने पुरुषको सहयोग लिइन् । उनले पीडित पुरुषलाई मात्र नभएर उनको परिवारलाई समेत धम्याउँन थालेपछि घटना प्रहरी कहाँ आइपुगेको प्रहरी नायव उपरीक्षक राजन गौतमले बताए ।
जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक बेलबासेले घटनाको मतियारको रुपमा पक्राउ परेकि अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । अनुष्कासंग दुर्इ वटा नागरिकता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि तथा प्रबक्ता राजन गौतमले उनिहरु विरुद्ध मुद्धा दर्ता भई घटनाको बिस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । गौतमका अनुसार १० दिनदेखि उनिहरु प्रहरी हिरासतमा रहेका छन । प्रहरी निरीक्षक बेलबासेले उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्ने क्रममा उनिहरुलाई प्रहरीले समातेको हो । तस्वीर : सांकेतिक