© २०२३
बुटवल, २४ मंसिर । रुपन्देहीका ११ वटा सहकारीहरु एक आपसमा मर्ज भएर स्थापना भएको सबैको बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा–५ मणिग्रामको प्रथम साधारण सभा गरिएको छ । साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष भरतराज भूषालले आर्थिक बर्ष २०८३÷८४ का लागि पाँच बर्षिय रणनीतिक व्यवसायीक योजना सार्वजनिक गर्दै हाल ६ हजारको संख्यामा रहेका सहकारी सदस्य १२ हजार पु¥याउने बताएका छन् ।
अध्यक्ष भूषालका अनुसार ३ अर्वको कुल पुँजी बनाउने, शेयर पुँजी ३६ करोड पु¥याउने , बचत रकम २ अर्ब ३९ करोड ६६ लाख ५५ हजार ३ सय १२ र कुल ऋण लगानी २ अर्व ४३ करोड ९० लाख ५ हजार ७९ पु¥याउने लक्ष्य लिएको हो । तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरापलिका, सिद्धार्थनगरपालिका, आमसतिया गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीको हाल ५ हजार ८ सय ६४ जना शेयर सदस्य रहेका छन् ।
जसमा महिला शेयर सदस्य ३ हजार २ सय ९ जना, पुरुष सदस्य २ हजार ६ सय ५५ जना रहेका छन् । कुल शेयर पुँजी ९ करोड ८८ लाख ६२ हजार ५ सय र निक्षेप रकम ७९ करोड ८८ लाख ८५ हजार १ सय ४.११ रहेको छ । भने कुल ऋण लगानी ८२ करोड ८१ लाख ४७ हजार ८ सय २० रुपैयाँ गरेको छ । हाल सम्म बैंकको कुल वासलात ९८ करोड ९५ लाख ८१ हजार ५ सय ८१. १९ रुपैयाँ रहेको छ । हाल ८ वटा सेवा केन्द्र रहेका सहकारीले आगामी ५ बर्षमा १२ स्थानमा सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
साधारण सभा मा बोल्दै राष्ट्रिय सभा सदस्य तथा सहकारीका सल्लाहकार गोपाल प्रसाद भट्राईले सबैको साथ र सहयोगबाट मात्रै सहकारीले सफलता प्राप्त गर्न सक्ने बताए । उनले यसको लागि सहकारी सदस्यहरुका विचमा सहकारी सचेतना आवश्यक रहेको भन्दै अहिलेको विद्यमान आर्थिक अवस्थालाई विग्रन नदिनका लागि सहकारीहरुको ठुलो भुमिका रहेको बताएका हुन । सहकारीले विभिन्न महत्वकाक्षि योजना समेत ल्याएको भन्दै उनले तियोजना पुरा गर्नको लागि सहकार्य नै पहिलो अस्त्र रहेको बताएका थिए ।
कार्यक्रममा सल्लाहकार कृष्ण अर्याल,लुम्बिनी विशिष्टीकृत सहकारीका राजेन्द्र सुवेदी, राष्ट्रिय सहकारी बैंक ड्राईभरटोल शाखा प्रबनधक यशोदा पौडेल, सहकारीकाशेयर सदस्यहरु राज कुमार पाण्डे, सिता चापागाईं लगायतले आ आफ्नो भनाई राखेका थिए । डा. मुरारी पराजुलीले सहकारी सचेतना सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष मिरा बस्याल पाडेय शर्माले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने सचिव देवानन्द पाण्डेले सचिवको र लेखा समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद न्यौपानले प्रतिवेदन प्रस्तुत गरेका थिए ।