ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

वातावरणीय अधिकार : असल ब्यवस्था, फितलो अभ्यास

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

बाँच्न र सामाजिक तथा आर्थिक समुन्नतिको लागि प्राकृतिक श्रोत साधनको न्यायोचित प्रयोग गर्न पाउनु र स्वच्छ वातावरणमा बाँच्न पाउने, वातावरणिय विनासको कारणले पुगेको क्षतिको क्षतिपूर्ति पाउने अधिकार नै वातावरणिय अधिकार हो । आधुनिक मानव अधिकारको पहिलो अन्तर्राष्ट्रिय आधार मानिने “ मानव अधिकारको विस्वब्यापी घोषणापत्र, १९४८ ” मा वातावरणिय अधिकारलाई छुट्टै उल्लेख नगरिएको भए पनि धारा २५(१) मा प्रत्येक व्यक्तिलाई उसको र परिवारको स्वास्थ्य र कल्याणको लागि पर्याप्त जीवनस्तरको अधिकार हुने उल्लेख गरिएको छ ।

यस्सले स्वच्छ वातावरणको अधिकारलाई नै संकेत गरेको देखिन्छ । आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्र, १९६६ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि अन्तर्रा्ष्ट्रिय प्रतिज्ञापत्र १९६६ले बाँच्न र स्वस्थ जीवनयापन गर्न पाउने अधिकारको वकालत गरेको भएपनि पहिलोपटक वातावरणिय अधिकारको बारेमा अन्तर्रा्ष्ट्रिय जगतको ध्यान तान्ने र आवाज उठाउने काम भने सन् १९७२मा स्टकहोममा भएको मानव वातावरण सम्बन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलनले गरेको थियो । यो सम्मेलनले जीवनयापन र जीवनको समृद्धिको लागि उचित वातावरणको उपभोग पाउनु आधारभूत अधिकार रहेको कुरामा जोड दिएको थियो । सन् १९९२मा भएको पृथ्वी शिखर सम्मेलनले जारि गरेको रियो घोषणापत्रले वातावरण सम्बन्धि अधिकारको उल्लेख नगरी वातावरण शोषणको राष्ट्रिय अधिकार र दिगो विकास सम्बन्धि अधिकारको उल्लेख गरेको पाइन्छ । यो सम्मेलनले वर्तमान पुस्ताले प्राकृतिक श्रोतको उपयोग गर्दा भावी पुस्ताको आवस्यकतालाई खलल पुर्‍याउन नहुने कुरामा जोड दिएको थियो । दिगो विकासको यो परिभाषाले वातावरणिय अधिकारको ब्यापक क्षेत्रलाई समेटेको देखिन्छ ।

नेपालमा वातावरण संरक्षण सम्बन्धि कानूनहरु राणाकाल देखि नै प्रचलनमा आएको भएपनि संबैधानीक रुपमा वातावरणलाई सम्बोधन गर्ने काम नेपाल अधिराज्यको संबिधान २०४७ ले गरेको हो । यो संविधानको धारा २६ मा राज्यका निर्देशक सिद्धान्तहरु अन्तर्गत जनसाधारणमा वातावरणीय स्वच्छताको चेतना बढाई भौतिक विकास सम्बन्धी क्रियाकलापहरूद्वारा वातावरणमा पर्न जाने प्रतिकूल असरहरू पर्न नदिन एवं वातावरणको संरक्षण गर्न राज्यले प्राथमिकता दिनेछ भन्ने कुरा उल्लेख गरिएको थियो । यो संबैधानिक प्रावधानलाई टेवा दिनको लागि वि.सं. २०४७ पछी नेपालमा वातावरण संरक्षण र प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धि धेरै कानूनहरु बनेका थिए । त्यसैताका गोदावरी मार्वल विरुद्धको मुद्धामा सर्वोच्च अदालतले मिति २०५२ कार्तिक १४ गते वातावरणिय अधिकारको लागि महत्वपूर्ण फैसला गरेको थियो । यो फैसलामा “ स्वच्छ र स्वस्थ वातावरण जीवनको समग्रताको अंग भएकोले जीवनको अधिकार भित्र स्वच्छ र स्वस्थ वातावरणको हक पनि अन्तरभूत हुन्छ । प्रदुषित वातावरणको सिर्जनाबाट मानव जीवनको अपहरण हुने भएकोले वातावरण सम्बन्धि अपराध र दण्डको उचित व्यवस्थाको लागि कानूनको विद्यमानता अपरिहार्य हुन्छ ।” भन्ने कुरा उल्लेख गरिएको थियो । यो फैसलाद्वारा सर्वोच्चले सरकारको नाममा निर्देशात्मक आदेश जारि गरेकोले तत्कालिन सरकारले वातावरण संरक्षण ऐन २०५३ तयार गरि लागु गरेको थियो ।

वातावरण संरक्षण ऐन २०५३ मा समयसापेक्ष संसोधन गरि हाल वातावरण संरक्षण ऐन २०७६ कार्यान्वयनमा ल्याईएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकको संरक्षण गर्न, प्रदुषणको रोकथाम , प्रदुषकलाई सजाय तथा पिडितलाई क्षतिपूर्ति दिन बनेको यो नै मुख्य कानून हो । यो ऐनको दफा १५ मा कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकुल प्रभाव पार्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदुषण सृजना गर्न, गराउन नहुने र कसैले त्यस्तो कुनै कार्य गरी वातावरणमा उल्लेखनीय प्रतिकुल प्रभाव पारेको देखिएमा सम्बन्धित निकायले तत्सम्बन्धमा आवश्यक शर्तहरु तोक्न वा त्यस्तो कार्य गर्न नपाउने गरी रोक लगाउन सक्ने व्यवस्था गरिएको छ । यहि ऐनको दफा ३६ मा कसैले गरेको प्रदुषण बाट कुनै व्यक्ति वा संस्थालाई कुनै हानि नोक्सानी हुन् गएमा प्रदुषकबाट क्षतिपूर्ति भराउनु सकिने व्यवस्था गरिएको छ । यो कानूनी व्यवस्थाले प्रदुषकलाई प्रदुषण प्रति जिम्मेवार बनाउने र पिडितको वातावरणिय अधिकार रक्षा गर्न खोजेको देखिन्छ ।

नेपालको संबिधान २०७२ ले मौलिक हक अन्तर्गत वातावरणिय हक रहने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा १६(१)मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख गरिएको छ । सम्मानपूर्वक बाँच्न पाउने हकको अर्थ प्राणीको अस्तित्व हुनु मात्र हैन , मानवोचित सम्मानित जीवनको अधिकार हो भन्ने भएकोले यस हकले सवै प्रकारको मौलिक एवं मानव अधिकारको उपभोग गर्दै प्रदूषणरहित स्वच्छ वातावरणमा बाँच्न पाउने हकसमेतलाई समेट्छ भनि शिव प्रसाद पौडेल विरुद्ध प्रधान मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय भएको मुद्धामा सर्वोच्च अदालतले मिति २०७० जेष्ठ १९गते व्याख्या गरेको छ (ने.का.प. २०७०, अङ्क ७ निर्णय नं.९०३०) । यसैगरी नेपालको संबिधान २०७२को धारा ३०(१) मा “प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्ने हक हुने र धारा ३४(४)मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ” भन्ने उल्लेख छ । उक्त संवैधानिक व्यवस्थाले प्रदूषणरहितको स्वच्छ वातावरणमा बाँच्न पाउनु प्रत्येक नेपाली नागरिकको मौलिक हक भएको कुरालाई पुष्टि गर्छ ।
नागरिकहरुको वातावरणिय अधिकारको सुनिस्चितता गरिदिने दायित्व राज्यको हो ।

नेपालको संबिधान २०७२ को धारा ५१ मा राज्यका नीतिहरुमा जनसाधारणमा वातावरणिय स्वच्छता सम्बन्धि चेतना बढाई औद्योगिक एवम भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्ने तथा दिगो विकासको सिद्धान्त अवलम्बन गर्ने नीति राज्यले लिने कुरा उल्लेख गरिएको छ । विभिन्न मुद्धामा सर्वोच्च अदालतले सरकारको नाममा गरेको निर्देशात्मक फैसलामा समेत नागरिकको वातावरणिय अधिकारको रक्षा गर्ने मुख्य दायित्व सरकारको हुने उल्लेख छ । राज्यले नागरिकको वातावरणिय अधिकारको संरक्षण गर्ने सम्बन्धि दुइ दर्जन भन्दा धेरै अन्तर्रा्ष्ट्रिय महासन्धि र सम्मेलनमा प्रतिवद्धता जनाइसकेको र वातावरण संरक्षण ऐन लागु गरेको भएपनि यसको कार्यान्वयन पक्ष निकै कमजोर देखिएको छ । वातावरणिय प्रदुषण वा ह्रास बाट क्षति बापत पिडितलाई प्रदुषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने संबैधानिक व्यवस्था ( नेपालको संबिधान २०७२ धारा ३० (२) ) छ । त्यसैगरी वातावरणिय प्रदुषण भएमा वा वातावरणिय हक हनन भए बापत पीडक वा प्रदुषकबाट क्षतिपूर्ति भराउने कानूनी व्यवस्था भएको वातावरण संरक्षण ऐन लागु भएको २६ वर्ष पुगी सकेको छ । कानून बनेको यति लामो समय भैसक्दा पनि वातावरणिय अधिकार हननको निगरानी गर्ने र क्षतिपूर्ति दिलाउने निकायको स्थापना सम्म हुन् सकेको छैन । नेपालमा मानव अधिकारको रक्षार्थ गठन भएको राष्ट्रिय मानव अधिकार आयोगले समेत वातावरणिय अधिकार हननका मुद्धाहरुमा सरोकार राखेको देखिदैन ।

सिमित स्वार्थ समुहको कारणले प्रदुषण र प्राकृतिक श्रोतको दोहन बढेर आम मानिसको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार मात्र खोसिदै छैन, विभिन्न बहानामा सामान्य नागरिकका प्राकृतिक श्रोतको उपयोगको अधिकारलाई पनि खोसिदै गरेको पाइन्छ । जल जमिन र जंगल जस्ता अत्यावस्यक श्रोतहरुलाई विकास र समुन्नतिको लागि निश्चित समुह र वर्गलाई सुम्पने र त्यस्ता समुहले सामान्य नागरिकलाई रोक लगाएर श्रोतको अनियन्त्रित उत्खनन र दोहन गर्ने, राज्यले अबैज्ञानिक ढंगले विकास निर्माण कार्यहरु गर्ने र श्रोतसंग रैथाने निकटता ख्याल नगरी संरक्षणका कार्यक्रमहरु अघि बढाउने काम गरिरहेकोले प्राकृतिक श्रोतसंग नजिक रहेका समुदायहरुले त्यस्ता श्रोतको उपभोक गर्न नपाउने वा श्रोतसम्मको पहुँच कमजोर हुने समस्याहरु बढीरहेका छन् । अहिले प्राकृतिक श्रोतमा न्यायोचित पहुचको लागि र वातावरणिय प्रदुषण नियन्त्रणको लागि लामो कानूनी लडाई लड्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा वातावरणिय अधिकार हनन भए बापत क्षतिपूर्ति पाउने भन्ने कुरा त आकाशको फल जस्तै भएको छ ।

स्वस्थ वातावरण, प्राकृतिक श्रोत सम्मको पहुच र प्राकृतिक श्रोतको समन्यायिक वितरण जस्ता कुराहरु आधारभूत वातावरणिय अधिकारका कुरा हुन् । यी अधिकार विना अन्य मानव अधिकारको उपलब्धताको अर्थ रहदैन । राज्यले संबिधान र कानूनमा वातावरणिय अधिकारको व्यवस्था गरेको छ तर प्राकृतिक श्रोत प्रयोग गर्न पाउने र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमा कतैबाट अवरोध उत्पन्न हुदा त्यसलाई सहेर बस्ने बानीले नेपालमा सिमित व्यक्ति र समुहले वातावरणिय श्रोतको दोहन गरिरहेका छन् र नागरिकहरुले बाँच्नकै लागि ठुलो संघर्ष गरिरहनु परेको छ । यो अवस्था अन्त्यको लागि सबै नागरिकले वातावरणिय प्रदुषण र प्राकृतिक श्रोतको दोहन नसहने र वातावरणिय अधिकारको खोजी गर्नेबानीको विकास गर्नु पर्र्छ.। मान्छे भएर जिउन पाउने हक अधिकार उपभोग गर्न पाइएन भने अन्य अधिकार कदापि उपभोग गर्न सकिदैन,यसतर्फ सबैले ध्यान दिनु जरुरि छ ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?