© २०२३
काठमाडौं,२१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएसंगै जबराको निलम्बन हटेको छ । उनी अब आजै सर्वोच्च अदालत जाने तयारीमा रहेको जवरा निकट स्रोतले जनाएको छ । सत्ता गठबन्धनले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपनि लामो समयसम्म संसदमा छलफल नै नगराई बसेका थिए । पछि सरकारले उनलाई नजरबन्दमा समेत राखेको थियो । जबराको महाभियोग निष्कृय भएपछि उनीविरुद्धको महाभियोग सत्ता गठबन्धनले पुर्वाग्रही ढंगले लगाइएको भन्ने आशंकालाई बल पुगेको छ ।