© २०२३
बुटवल,२० मंसिर । रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी पौडेलले रिट निवेदन दायर गरेका हुन् । पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १३ सय बढी मतान्तरले पराजित भएका थिए ।