ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

शंकरपुर–पजरकट्टी सडकको सांसद विकद्वारा निरीक्षण

१९ मंसिर २०७९, सोमबार
१९ मंसिर २०७९, सोमबार

बुटवल, १९ मंसिर । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले निर्माणाधीन शंकरपुर–पजरकट्टी सडकको अनुगमन तथा निरीक्षण गरेका छन् ।

रुपन्देही क्षेत्र नं १ को देवदह–११ र १२ शंकरपुरदेखि ओमसतिया गाउंपालिका र रोहिणी गाउंपालिकाको भारतीय सीमा क्षेत्रमा पर्ने पजरकट्टीसम्म जोड्ने गरी ८ किलोमिटर दुरीको सडक सांसद विश्वकर्माले नै गत असार १ गते शिलान्याश गरेका थिए । यो सडकले रुपन्देही क्षेत्र नं १ लाई पुर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र भारतीय सीमासम्म जोड्ने छ ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ‘एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक’ कार्यक्रम अन्तर्गत १४ करोड २८ लाख रुपैयां लागतमा दुबैतिर नालीसहित दुई लेनको सडक बन्न लागेको हो ।

सडकको निरीक्षण गर्दै सांसद विश्वकर्माले गुणस्तरमा सम्झौता नगरी समयमै निर्माण पूरा गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । सडक निर्माणमा कमसल सामग्रीको प्रयोग र लापरवाही तरिकाले काम गर्दा गुणस्तरहीन हुने गरेको जनताबाट व्यापक गुनासो आउने गरेको उल्लेख गर्दै सांसद विश्वकर्माले गुणस्तरीय काम गर्न आग्रह गरे । उनले स्थानीय बासिन्दा र सडक उपभोक्ताले पनि निर्माण व्यवसायीको कामको अनुगमन गरी कमजोरी नगर्न दबाब दिनुपर्ने आग्रह गरे । यो सडक निर्माणले पछाडि परेको दक्षिणी क्षेत्रका नागरिक लाभान्वित हुने उनले बताए ।

निर्माणाधीन सडकको साइट इन्चार्ज एवं सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले २०८१ मंसिर मसान्तमा पूरा गर्ने गरी ३० महिनाको अवधि राखेर ठेक्का सम्झौता भएको बताए ।

निर्माण व्यवसायी निम कन्स्ट्रक्सनका प्रतिनिधि अर्जुनकुमार श्रेष्ठले असार १ गते शिलान्याश भएपनि वर्षायाम, चाडपर्व र आम चुनावका कारण काम शुरु हुन ढिला भएपनि अब ४ स्थानबाट काम शुरु गरी सम्झौता अवधि अगावै काम पूरा गर्ने प्रतिवद्धता जनाए ।  निरीक्षण टोलीमा रुपन्देही १(१) का प्रदेश सांसद आशिषकुमार चौधरी,पुर्व प्रदेश सांसद डा. कृष्ण न्यौपाने,देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल,उपप्रमुख विद्यालक्ष्मी गुरुङ,देवदह नगरपालिकाका इन्जिनियर राजकुमार यादव लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?