ट्रेंडिंग:

>> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित

सांसद घिमिरेद्वारा कञ्चन २ मा सम्पर्क कार्यालय स्थापना

१८ मंसिर २०७९, आईतवार
१८ मंसिर २०७९, आईतवार

बुटवल, १८ मंसिर। रुपन्देहीको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं २ कञ्चनचोकमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।  नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर त्यसको समाधानमा सहजीकरण गर्न सहयोग पुग्ने उद्देश्यले संघीय सांसद घिमिरेले सम्पर्क कार्यालय स्थापना गरेका छन् । सम्पर्क कार्यालय रामापुर—लुम्बिनी सडकको कञ्चन नदी पुल नजिकैं रहेको छ ।
आइतबार सम्पर्क कार्यालयको शुभारम्भ गर्दै सांसद घिमिरेले सम्पर्क कार्यालय सञ्चालनले नागरिकका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्य र समन्वयबाट विकास निर्माणका काम र नागरिकका समस्या समाधान गरिने बताउँदै उनले क्षेत्र नं ५ को योजनाबद्ध, व्यवस्थित विकासमा राजनीतिक दल, विकास साझेदार संघ—संस्थालगायत सम्पूर्ण नागरिकको यथेष्ट सहयोग रहने विश्वास व्यक्त गरे ।
क्षेत्र नं ५ का बसिन्दाले दिएको विकास, समृद्धि र जनताको सेवा गर्ने जिम्मेवारीलाई सदैव ईमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले लुम्बिनीलाई केन्द्रमा राखेर क्षेत्र नं। ५ को समग्र विकास गरिने स्पष्ट पारे। कार्यक्रममा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, उपेन्द्र अधिकारीलगायतले सांसद घिमिरेबाट जनताले धेरै अपेक्षा गरेको बताए ।
तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका नेकपा एमालेका नेता घिमिरे मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता भरत शाहलाई ९,७८२ मतान्तरले हराउँदै विजयी भएका थिए । यस पटकको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं ५ मा नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो दल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?