© २०२३
बुटवल,१८ मंसिर । रुपन्देहीबाट निर्वाचित नेकपा एमालका ४ जना प्रदेश सांसदहरुले पुर्वाधार नबन्दै प्रदेशको राजधानी दाङ नसार्न माग गरेका छन् । प्रदेश सांसदहरु लिला गिरी,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सभाले व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी पुर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय गरेकोमा त्यसविपरित कुनै संरचना नबनाई फेरि अस्थायी संरचनामा कामचलाउ सरकारले राजधानी सार्न खोजेको भन्दै यस्तो नगर्न उनीहरुले आग्रह गरेका छन् । राजधानी सार्ने या नसार्ने भन्ने निर्णय अब केही दिनमा बन्ने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारी भएको भन्दै काम चलाउ सरकारले यसमा हस्तक्षेप गर्न नपाउने उनीहरुको भनाई छ ।