© २०२३
बुटवल,१८ मंसिर । जिवन जीउने कला (आर्ट अफ लिभिङ ) नेपाल बुटवल केन्द्रको भवनको शिलान्यास भएको छ। तिलोत्तमा नगरपालिका वार्ड नम्बर ३ , सुनौलोनगरमा निर्माण हुन गइरहेको उक्त केन्द्रको शिलान्यास तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले गरेका छन् । कार्यक्रममा बोल्दै उनले नागरिकको सम्पुर्ण आयामको बिकास गर्न भौतिक सम्पन्नतासंगै योग, ध्यान र आध्यात्मिक ज्ञान आवश्यक रहने बताए । आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक बिष्णु पाण्डेले ब्यावसायिक दृष्टिकोणले समृद्ध बन्दै गएको तिलोत्तमामा साधना केन्द्रको निर्माण पछि थप समृद्ध हुने बताए ।
सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष उज्ज्वल प्रसाद कसजु,आर्ट अफ लिभिङका प्रशिक्षक एवं प्राध्यापक मनोज सापकोटा,निर्माण समितिका सदस्यहरु बिन्ध्याकेशर जोशि, प्रदीप कुमार श्रेष्ठ , याम प्रसाद पोखरेल, रेशम पान्डे , बिजय श्रेष्ठ , उज्ज्वल खरेल, सृजना गिरि तथा तथा प्रशिक्षकहरु , माया थापा, गौरी बुढा , बाबुराम ज्ञवाली , रतन भण्डारी, अनुपमा नेपाल , केशव शाही , सृजना गोदार , लक्ष्मी श्रेष्ठ , भावना पौडेल लगायतले सबैको सहयोगबाट सुविधा सम्पन्न भवन बनाइने बताएका थिए ।