© २०२३
बटवल, १७ मंसिर । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको बताएका छन् । उनले कसैले इच्छा राख्दैमा प्रधानमन्त्रस् भइहाल्ने अवस्था पनि नभएको बताएका छन् ।
नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए । उनले उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए ।
काँग्रेसबाट गगनथापा प्रधानमन्त्री भन्ने चर्चा छ नि भन्न्ने पत्रकारको जिज्ञासामा उनले विभिन्न दलका सांसदहरुले प्रधानमन्त्री बनाउने भएकाले अहिल्यै को प्रधानमन्त्री भनेर भन्न नहुने बताए ।
उनले कनग्रेस महाधिवेशनपछि आफुहरूको विचार समूहले पार्टिमा पुस्तान्तरणको सवाल उठाएको बताउदै त्यमे समूह र पार्टि नेताहरूविच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए । ुकसैले ईच्छा राख्दैमा प्रधानमन्त्री हुने होईन, यो बिषयमा पार्टि सभापति शेरबहादुर जि, प्रचण्ड जि, माधव जिसंग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, बाटैमा बोलेर बिषयान्तर गर्न हुन्नु उनले भने ।
गुल्मि १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा समस्याहरू रहेकाले त्यसको समाधान गर्ने प्रतिबद्वता जनाए ।
नेता भण्डारीले राजनिती थुप्रै समस्याहरू रहेकाले समाधानका लमगि सबै जिम्मेवार हुनुपर्ने बताए ।