© २०२३
सैनामैना होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघको प्रथम साधारणसभा तथा अधिवेशन बाट पुनः नारायण खरेलको नेतृत्वमा २३ सदस्यीय कार्य समिति सर्व सम्मत बाट चयन भएको छ । जस्को बरिष्ठ उपाध्यक्षमा खेमराज पौडेल, उपाध्यक्षमा गिता गौली, महासचिवमा नारायण सेन वली चयन भएका छन् भने सचिबमा झबिन्द्र पोख्रेल, सह–सचिब माधव प्रसाद ज्ञवाली, कोषाध्यक्षमा श्रीराम तिमिल्सिना र स–कोषाध्यक्षमा किरण कुमार काफ्ले र बाँकी सदस्यमा रहेका छन् ।
कार्यक्रमलाई उद्घाटन गर्दै प्रदेश सभा सदस्य भूमिश्वर ढकालले धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा लुम्बिनी भएकाले लुम्बिनीमा आउने पर्यटकहरूको बासस्थानका लागिस्तरीय होटल सैनामैनामा बनाउनका लागि सैनामैनाका होटल ब्यवसायीलाई ढकालले आग्रह गरेका छन् ।
पर्यटन क्षेत्रको बिकासमा होटल तथा रेष्टुरेष्ट ब्यवसायीको महŒव पूर्ण भूमिका हुने उनको भनाइ रहेको थियो । राष्ट्रको विकास र आर्थिक रूपान्तरणका लागि पर्यटन क्षेत्रको आवश्यक रहेको हुँदा प्रदेश सरकार यसको विकासका लागि सकारात्मक रहेको प्रदेश सभा सदस्य ढकालले बताएका छन् ।
एक फरक प्रसंगमा पुराना निति नियम तथा कानुनले गर्दा काममा केही अवरोध सृजना भएको भन्दै ढकालले यसलाई थप परिमार्जन गर्दै प्रदेश अघि बढेको बताए । पछिल्लो समय देशमा भइरहेका हिंसात्मक गतिविधीलाई निराकरण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकार लागी परेको उनको भनाई थियो । देशमा अपराधीक क्रियाकलाप दिन प्रतिदिन बढीरहँदा पनि अहिलेको सरकार चुप लागेर बसेको प्रदेश ५ का प्रदेश सभासद फकुरदिन खाँले आरोप लगाएका छन् । दैनिक बलात्कार, हत्या हिंसा र अवैध तस्करी भइरहँदा पनि अपराधीलाई कानुनी दायरामा सरकारले ल्याउन नसकेको उनको भनाई रहेको थियो ।
यसरी हिंसात्मक गतिविधी बढीरहँदा जनतामा त्रास उत्पन्न भएको भन्दै दोषीलाई तुरुन्त पत्ता लगाई कडा भन्दा कडा सजाए दिनुपर्ने उनको भनाइ रहेको थियो ।
केही होटल तथा रेष्टुरेण्टमा मापदण्ड विपरित अवैध क्रियाकलाप पनि भइरहेको बताउँदै न्यूनतम मापदण्ड सहीतको आचारसंहिता बनाएर होटल तथा रेष्टुरेण्ट ब्यवसायलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने खाँको भनाई थियोे । एक अर्को प्रशंगमा सभासद खाँले दुई तिहाई बहुमतका साथ बनेको यो सरकारले प्रदेश ५ को नामकरण र स्थायीमुकाम तोक्न नसकेको प्रति आपत्ति जनाएका थिए ।कार्यक्रम सैनामैना होटल तथा रेष्टुरेण्ट संघका अध्यक्ष नारायण खरेल, प्रदेश ५ का प्रदेश सासद भुमिश्वर ढकाल, प्रदेश सभासद फर्खदिन खाँ उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, कांग्रेस सभापति राम प्रसाद अधिकारी, नेकपाका नेता खुशीराम चौधरी, सैनामैना नगरपालिकाकी उपमेयर विना रानासंघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद घिमिरे, महासचिब नारायण सेन लगायतले बोलेका थिए । कार्यक्रममा संघका अध्यक्ष नारायण खरेलले बार्षिक प्रतिवेदन पेश गरेका थिए । à