ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कोषवाट ९ सय २९ साना व्यवसायी लाभान्वीत

२० असार २०७५, बुधबार
२० असार २०७५, बुधबार

युवा तथा साना व्यवसायीहरुलाई स्वरोजगार वनाउने उद्धेश्यका साथ गठन गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले रोल्पाका २३ सहकारी संस्था मार्फत १० करोड लगानी गरेको छ । कोषको अतिरिक्त कृषि विकास वैंकवाट जिल्लाका ३ सहकारी संस्थालाई थप १ करोड समेत जिल्लामा कोषको लगानी ११ करोड पुगेको छ ।
कोष संग संझौता गरि लिएको कर्जा सहकारी संस्थाहरुले युवा तथा साना व्यवसायीहरुमा लगानी गर्ने गर्दछन । तरकारी खेती,फलफुल खेती,कुखुरा पालन, वाख्रापालन, माछा पालन, फेन्सी पसल,फर्निचर उद्योग, मिल संचालन, जडीवुटी खेती लगायतका क्षेत्रमा गरिएको लगानीवाट हाल सम्म ९ सय २९ जना लाभान्वित भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति रोल्पाका सदस्य सचिव ज्ञानेन्द्र शर्माले जानकारी दिए । कर्जाको व्याज स्वरुप सहकारी संस्थाले वार्षिक ५ प्रतिशत र व्यक्तिले १० प्रतिशत व्याज तिर्ने गर्दछन शर्माले भने । सहकारी संस्थाहरुले प्रति व्यक्ति वढीमा २ लाख सम्म लगानी गर्ने गर्दछन शर्माले भने ।
कोष मार्फत विभिन्न चार चरणमा सो रकम लगानी गरिएको सदस्य सचिव शर्माले जानकारी दिए । कोषको रकम दुरुपयोग हुन नदिन तथा लक्षित समुदाय सम्म पु¥याउने सुनिश्चितताका लागि निरन्तर अनुगमन समेत हुने गरेको शर्माले जानकारी दिए । सहकारी संस्था संग नियमित समन्वय र व्यवसायी संग संपर्कमा रहेर काम गरिरहेका छौ शर्माले भने । लगानी गरिएको रकम अहिले सम्म दुरुपयोग भएको सुन्नमा आएको छैन शर्माले भने ।
कोषवाट सयौं युवाहरुले कर्जा लिएको भए पनि हाल सम्म निकै थोरै व्यवसायीहरु मात्र सफल देखिएको वताइएको छ । लुंग्री माडी कृषि सहकारी संस्था मार्फत कर्जा लिई २५ जना व्यवसायीहरुले माडीचौरमा कुखुरा पालन गरिरहेका छन । तीन हजार ५ सय वढी कुखुरा पालेको सो फर्मवाट दैनिक ३ हजार वढी अण्डा विक्री हुने गरेको वताइन्छ । फर्मवाट ४ जना प्रत्यक्ष र ११ जना अप्रत्यक्ष रोजगार भएका लुंग्री माडी कृषि सहकारी संस्थाले जनाएको छ । सो संस्थाले कृषि विकास वैंक मार्फत कर्जा लिएको थियो । सदरमुकाम लिवाङमा रहेको मेचीकाली वचत तथा ऋण सहकारी संस्थावाट कर्जा लिएका व्यवसायीहरुले समेत तरकारी खेती, वंगुरपालन,वाख्रापान, कुखुरा पालन जस्ता व्यवसाय गरिरहेको शर्माले जानकारी दिए । उत्तरी रोल्पाको थवाङमा रहेको अजम्वरी कृषि सहकारी संस्थावाट कर्जा लिई ४ युवाहरुले सामुहिक भुइ स्याउ खेती गर्दै आएको वताइएको छ ।
सहकारी संस्था मार्फत कोषले कर्जा दिन थाले संगै महिला दिदी वहिनीहरुले साना तिना व्यवसाय गर्दै आएको सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तुलसा आचार्यले वताईन । सहकारी मार्फत ऋण लिई व्यूटी पार्लर, खुद्रा पसल, तरकारी खेति, च्याउ खेती, चिया नास्ता पसल जस्ता जोखिम कम हुने व्यवसायमा महिला दिदी वहिनी लागेका छन आचार्यले भनिन । नियमित रुपमा व्याज भुक्तानी तथा वचत समेत गर्न थालेकाले महिलाहरुमा आत्म निर्भरता वढ्नेमा आफु आशावादी रहेको आचार्यले वताईन । सगरमाथा महिला सहकारी संस्था मार्फत १ लाख ऋण लिई वाख्रापालन व्यवसाय गर्दै आएको रोल्पा नगरपालिका ४ की संझना महराले वताईन । किस्ता र व्याज समेत नियमित तिर्दै आएको छु महराले भनिन । ऋण लिएर सुरु गरेको वाख्रा पालनले फाईदा गरिरहेको महराले वताईन ।
अन्य जिल्लामा कोषको रकम सदुपयोग हुन नसकेको समाचार आउने गरे पनि रोल्पामा भने त्यस्तो समस्या नरहेको वताइएको छ । विभिन्न दल निकट व्यक्तिहरुका आ–आफ्ना सहकारी संस्था रहे पनि सवैले नियमित किस्ता र व्याज वुझाउने गरेको वताईन्छ । नियमित रुपले किस्ता तथा व्याज भुक्तान गर्नेलाई कोषले व्याज अनुदान समेत दिने गरेको छ । पहिलो चरणमा व्याज अनुदानका लागि जिल्लाका ७ वटा सहकारी संस्थाका तीन सय व्यवसायी सिफारिसलाई सिफारिस गरेको कोषको जिल्ला संयोजन तथा अनुगमन समिति रोल्पाले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?