ट्रेंडिंग:

>> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र >> नक्कली सवारी चालक अनुमति पत्र बनाएर मासिक ३ करोड ठगी >> यातयात कार्यालय बाँकेका चार जना पक्राउ

पर्यटकको पर्खाइमा बेनी मणिपुर

२९ भाद्र २०७५, शुक्रबार
२९ भाद्र २०७५, शुक्रबार

दक्षिण र दक्षिणतर्फ आँखाले देखुन्जेल सेताम्मे फुलेका काँसघारी, उत्तर र पूर्वमा हरिया फाँट अनि खेत अनि खेत सकिएपछी आखै अगाडी ठडिएको अग्लो सुन्दर राकाचुली । न मोटर गाडीको चर्को स्वर, न होहल्ला नै । दुम्कीबासबाट विनयी खोलाको किनारै किनार उत्तरतर्फको लाग्दा अघाउन्जेल हेर्न पाइन्छ, प्रकृतिको अनुपम संगम अनि सुन्दर शान्त सर्दी उपत्यका । पुर्व पश्चिम राजमार्गमा पर्ने दाउन्नेको काखैमा रहेको दुम्कीबास बजार भएर बग्ने विनयी खोलाको मुहान क्षेत्रमा चुरे पहाडको काखमा रहेको साविकको बेणी मणिपुर गाविसलाईृ सर्दी उपत्यकाको रूपमा चिनिन्छ । चुरे पहाडबाट उत्पन्न भएका साना खहरे खोलाहरूले बेनी मणिपुरलाई धेरै खण्डमा विभाजन गरेको छ । भित्रि मधेसमा पर्ने वेनी मणिमणिपुरको मुख्य केन्द्रको रूपमा सर्दी बगैचा रहेको छ, जहाँ पुग्नको लागि दुम्कीबासबाट पैदल वा मोटर यात्रा गर्नुपर्छ । सर्दी बगैचा कुनै समयमा पश्चिमी पहाडलाई चितवन लगायत मध्य र पूर्वी तराई संग जोड्ने प्रमुख केन्द्र भएको स्थानीय पाकापुस्ताहरू बताउछन । स्याङ्गंजा, पाल्पा,गुल्मी, बाग्लुङ्ग, पर्वत, अर्घाखाँची, रुकुम लगायतका जिल्लाहरूबाट सर्दिको बाटो हुदै मानिसहरू चितवन प्रवेश गर्ने पुरानो बाटो भएकोले अहिले सर्दी उपत्यका धेरै जातजातिहरूको सास्कृतिक केन्द्र बनेको बताउछन दिपेन्द्र मावि सर्दी बगैचाका शिक्षक प्रकाश भुसाल । उनका अनुसार पहाडका मगर, तराईका थारु तथा कुमालको परम्परागत मौलिक सस्कृति मात्र नभएर बैदिक सस्कृतिमा बाँचिरहेका ब्राह्मण क्षेत्रीको समुदाय समेत सर्दिमा एकै ठाउँमा फुलबारी जस्तै बनेर रहेको छ ।
प्रतापी सेन राजा मणि मुकुन्द सेन पाल्पाबाट देवघाट र दाउन्ने पुजा गर्न जादा नदि किनारमा बास बस्ने गरेकोले नदि (बेनी) र राजाको नाम (मणि) जोडेर वेनी मणिपुर नाम रहेको स्थानीयहरू बताउछन । राजा मणिमुकुन्द सेनले घोडा बाँध्ने खम्बा तल्लो ओडारी गाउँबाट पश्चिममा रहेको छ । यो मणिखम्बा लगायत कटिबाँस खोलाको किनारमा रहेको प्राचिन शिवालय मन्दिरका साथै पाखापानी सिद्धबाबा धार्मिक स्थल (रानी वन), सिता कुण्ड, राम कुण्ड जस्ता धार्मिक स्थालहरू सर्दिको सेरोफेरोमा रहेपनि प्रचार प्रसारको कमीले यस्ता सम्पदाहरू ओझेलमा परेको स्थानीय वासिन्दाहरू गुनासो गर्छन । पुर्व पश्चिम राजमार्गको दुम्कीबासबाट १४ किमी उत्तरमा रहेकोे सर्दी क्षेत्र ग्रामिण र पर्यावरणीय पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र भएको सर्दी बजारका होटेल व्यवसायी गणेश भुसाल बताउछन । उनि भन्छन –‘आँखाले भ्याउन्जेल हेर्न पाइने हरिया खेतबारीका साथै वरिपरी रहेका चुरे पहाडमा पर्यटकहरू रमाउन सक्ने रमाइलो वातावरण सर्दिमा रहेको छ ।’
हिमाल, पहाड र तराईका सुन्दर दृश्यहरू हेर्न पाइने अग्लो राकाचुलीको साथै रहबासको क्रिक भन्ज्यांग पनि नजिकै छ । तरपनि घुम्नको लागि भनेर यो क्षेत्रमा कोहि पनि नआउदा यो ठाउँले पर्यटकीय लाभ लिन नसकेको उनले गुनासो गरे ।
पछिल्लो समयमा चीनको अग्रणी सिमेन्ट उत्पादक समुह होन्शाई र नेपालको शिवम सिमेन्टको सम्पुक्त लगानीमा दक्षिण एशिया कै ठुलो होन्शाई शिवम सिमेन्ट कारखाना सर्दिमा शुरु भएपछि सर्दिबासिहरू आफ्नो क्षेत्र विकसित हुने कुरामा आशाबादी देखिएका छन् । कम्पनीले सिमेन्ट उत्पादन शुरु गरिसकेको छ भने आफ्नै लगानीमा चुनढुङ्गाको खानी रहेको पाल्पाको ज्यामिरेसम्म पुग्ने सडक निर्माण समेत गरिरहेको छ । यो सडकको निर्माणसंगै पाल्पा जिल्लाको निस्दि गाँउपालीकामा पर्ने बेभोके, भुटुके भन्ज्याङ्ग, राकाचुलिमा घुम्न जाने आन्तरिक पर्यटकहरूको संख्या विस्तारै बढिरहेको छ । सिमेन्ट उद्योग स्थापनासंगै सर्दी बजार लगायत बेनी मणिपुरमा चहलपहल बढेको छ । अहिले यो ठाउँमा घर निर्माण हुने क्रम बढेको छ । नयाँ होटेल र पसलहरू थपिएका छन् र मानिसको चहलपहल पनि बढेको छ . पहिले सर्दी छोडेर गएकाहरू पनि फर्कन लागेको र नया मानिसहरूले खेत किन्ने क्रम बढेको स्थानीय बासिन्दा यमकला न्यौपाने बताउछिन । बेणि मणिपुर अहिले विनयी त्रिवेणी गाउँपालीकामा समाहित भएको छ । भारतसंग जोडिने ४ नं. प्रदेशको एकमात्र नाका त्रिवेणी भएकोले निकट भविष्यमा पोखरासंग जोड्ने सडक बेनिमणिपुर हुदै बन्नेमा स्थानियहरू आशाबादी छन । जसले पर्यटकिय स्थलहरूको प्रचारप्रसार हुने र पर्यटन क्रियाकलाप वृद्धि हुने विश्वास बेनी मणिपुरवासीले लिएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission