© २०२३
बुटवल, ६ मंसिर । नवलपरासी पश्चिम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य चुनावमा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् । यसअघि नेपाली कांग्रेसले जित्दै आएको यो क्षेत्रमा राप्रपा उम्मेदवार
ध्रुवबहादुर प्रधानले ६८९६ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेलले २८६४ मत, एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाएका छन् ।
प्रदेशसभा कमा पनि राप्रपाका उम्मेदवारले ४५८७ मत सहित अग्रता लिएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २७३९ र लोसपाका उम्मेदवारले २०७८ मत पाएका छन् ।