© २०२३
बुटवल,६ मंसिर । रुपन्देही क्षेत्र नंं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाको अग्रता निरन्तर कायम छ । १४ हजार ७ सय ४६ मतगणनामा लोसपाका सर्वेन्द्रनाथ शुक्ला ५ हजार ३ सय ८४ मत,नेपाली कांग्रेसका प्रमोद कुमार यादव ४ हजार ९३ मत र जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले ३ हजार २ सय २१ मत पाएका छन् । यो क्षेत्रमा २०७४ को चुनावमा कांग्रेसका प्रमोद यादवले जितेका थिए ।