© २०२३
बुटवल,५ मंसिर । बाँकेको क्षेत्र नं १ र २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर १ मा नेकपा ९एमाले०का उम्मेदवार सूर्य ढकालले सत्ता गठबन्धनका उम्मेदवार माओवादीीका महेश्वरजङ्ग गहतराजलाई पछि पार्दै सुरुवाती अग्रता लिएका हुनु ।
३ हजार ५ सय मत गणना गर्दा ढकालले १ हजार ४५७ मतका साथ अग्रता लिएका छन् । युवा तथा खखेलकुद मन्त्री समेत रहेका गहतराजले ७८५ मतका साथ पछ्याइरहेका छन् ।
बाँके–३ मा ९ हजार ७६९ मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले ३ हजार ९५५ मतका साथ अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरले ३ हजार ५०८ मत पाएका छन् ।
बाँके क्षेत्र नम्बर २ मा भने एमालेको समर्थनमा राप्रपाका महामन्त्री उम्मेदवार डा धवलशम्शेर राणाले तीन हजार चार सय ८३ मतका साथ अग्रता कायम गरेका छन् । यहाँ जनता समाजवादी पार्टी जसपा का उम्मेदवार मोहम्मद इश्तियाक राई एक हजार ८९१ र नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ६८८ मत प्राप्त गरेका छन् ।