ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

चाडपर्वको मूल्य

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

गोपाल बस्याल
अचेल विभिन्न चाडपर्वमा मानिसहरू संलग्न भैरहेका छन् । यी चाडपर्वहरूले विशेष महत्व राख्दछन् । खासगरी धर्म, समुदाय वा सम्प्रदाय, भूगोल, जातजाति अनुसार फरकफरक चाडपर्वहरू मनाइने गरिन्छ । फरक धर्मका फरक चाडपर्व त छन् नै, एउटै धर्म भित्र पनि समुदाय र भूगोलअनुसार चाडपर्व र एउटै चाडपर्व मनाउँदा पनि फरकफरक तौर तरिका अपनाएर मनाइने गरेको पाइन्छ । यी चाडपर्वहरू फरकफरक हुँदाहुँदै पनि तिनीहरूकाबीचमा समानता पनि पाइन्छन् । चाडपर्वहरू विभिन्न महत्व र मूल्यमान्यता बोकेका हुन्छन् । ती मूल्य र आदर्शलाई पर्व मनाउने क्रममा सँगसँगै स्मरण, प्रयोग र नयाँ पुस्तालाई हस्तान्तरणसमेत गरिएको हुन्छ । चाडपर्वका मानकहरू मानिसका आचरण र ब्यवहार बन्न पुगेका पनि छन् । तर अचेल विविध कारणले चाडपर्वको आधारभूत मूल्य मर्यादा भन्दा पनि नक्कल र तडकभडकले बढी मान्यता पाएका कारण चाडपर्वको मर्म मरेको र तिनीहरूको खोज अनुसन्धानभन्दा असान्दर्भिक, दन्त्य कथात्मक मिथक र सतही विश्लेषणले गर्दा चाडपर्वको महत्वलाई कम गराउने प्रबृत्ति बढेको छ । केहि स्वार्थपरक समूह निर्माण गरेर मन्द विष सञ्चार गरिएको छ । विभिन्न बहानामा कुनै धर्म, संस्कृति वा परम्परालाई अपमान गरिएको छ भन्ने अनुमान गर्न थालिएको छ । तसर्थ परम्परागत चाडपर्वका मूल्यमान्यताको खोजी र सदुपयोगकालागि सम्बन्धित समुदायबाट नै सार्थक पहलको खाँचो छ ।
चाडपर्व किन मनाउन थालियो ? हरेक चाडपर्वको शुरूवातको कुनै विशेष सन्दर्भ हुनुपर्छ । सामान्यतया चाडपर्वका धार्मिक, प्राकृतिक, पेशागत, मानिसको सामाजिकीकरणका रीतिरिवाज जस्ता कारणहरू जोडिएका पाइन्छन् । उदाहरणका लागि दशैं, बुद्धपूर्णिमा, क्रिस्टमस, रमाजान जस्ता ठूला पर्व धार्मिक आस्था अनुसारका धार्मिक विश्वासमा आधारित रहेर मनाइन्छ । खासगरी हिन्दु धर्मावलम्बीहरूले धेरै चाडपर्वहरू मनाउने र तिनीहरूको धर्मिक सम्बन्ध जोडेर मनाउने गरेको पाइन्छ । उदाहरणका लागि कृष्णाष्टमीमा श्रीकृष्ण, शिवरात्रीमा शिव, दशैं र रामनवमीमा राम, गौरामा पार्वती, स्वस्थानीमा शिव पार्वती, विश्वकर्मा ब्रह्मा, श्रीपञ्चमीमा सरस्वती, ऋषि पञ्चमीमा ऋषिहरू, गुफाहरूमा प्रायः शिव र ऋषिहरू आदिको पुजा गरिन्छ धार्मिक विधिविधान अनुसार भने नागपञ्चमीमा नागहरूको, बैशाखमा पिपलमा जल चढाउने जस्ता प्राकृतिक सम्बन्ध राख्ने चाडपर्वहरू पनि छन् । यद्यपि कर्मकाण्डमा केहि विविधता पाइए तापनि यस्ता चाडपर्वमा मूल रूपमा धार्मिक प्रसंग जोडिएका हुन्छन् । हिन्दुहरू विशेषगरी पुजापाठ र भगवानका महिमा वाचन गरी पराक्रम, चरित्र र जीवनदर्शन प्राप्तीमा विश्वास गर्छन् । खासगरी मूर्तिलाई प्रतीकात्मक प्रतिनिधि मानेर संस्कार गरिंदा भगवानसँगको साक्षात्कारको भावना राखिन्छ । हिन्दु धर्मावलम्बीहरू पनि विभिन्न सम्प्रदायमा सम्मिलित भएका आधारमा विभिन्न प्रकारका संस्कृति, संस्कार र परम्परालाई निरन्तरता दिइरहेका छन् । त्यस्तै बुद्धिज्म पनि धर्मको रूपमा स्थापित भएको र धार्मिक भावना अनुसार मुख्य गरी हीनयान र मानयान गरी दुई सम्प्रदायमा एकिकृत छन् । नेपालका बुद्धिष्टहरू पुजा, प्रार्थना, ध्यान आदि गर्छन् । यस्तै मुसलमानहरू ध्यान र प्रार्थना गर्छन् । क्रिस्चियनहरू प्रार्थना गर्दछन् । मुसलमानहरू पनि सिया र सुन्नी, क्रिश्चियनहरू क्याथोलिक र प्रोटेस्टेन्ट आदि सम्प्रदायमा सम्मिलित छन् । यी सम्प्रदायभित्र फरकफरक चाडपर्व र मनाउने तरिका पनि फरकफरक छन् ।
सबै मुख्य धर्ममा केहि समानता पाइन्छ । उदाहरणकालागि सबै धर्ममा दानको विशेष महत्व छ । मुख्य चाडपर्वमा दान दिनु सबै धर्मावलम्बीहरूको सभ्यता बनेको छ । दानका रूपमा, उपहारका रूपमा, सेवाका रूपमा केहि वस्तु वा नगद प्रदान गरेर मानवीय उद्दारमार्फत भगवानको सेवा गरेको सम्झी सन्तुष्टि लिने चलन सबै धर्ममा छ । हिन्दुहरू कुनै धार्मिक अनुष्ठान गरी दान दिन्छन् या मन्दिरमा केहि ब्यवस्थापन गरी दान दिन्छन् भने क्रिश्चियन अनुयायीहरूमा च्यारिटि कार्यको ठूलो महत्व छ । बुद्धिज्ममा भिक्षा तथा दानको विशेष परम्परा छ । मुसलमानहरू एक महिने रोजापछि उपहार प्रदान गर्दछन् । सबै धर्मले मानिसहरूलाई ज्ञानी बन्ने, नैतिक र इमान्दार बन्ने, मानव तथा समग्र प्राणी र पृथ्वीको सेवा गर्ने आदि असल विचारहरूकालागि पुजा, प्रबचन, प्रार्थना आदि माध्यमबाट सिकाइरहेका हुन्छन् । कुनैपनि धार्मिक भावनाले भरिएको मानिस अर्को धर्म वा सम्प्रदायप्रति क्रुरता वा हिंसा भावना राखेको हुँदैन । कुनै अल्पज्ञानको कारणले तुलना गर्ने वा बढाइचढाइ गर्ने वा घृणा वा दोष निकाल्ने वा लोभलालचमा पारी भ्रामक र क्षणिक प्रचार वा गतिविधि गरिरहेको हुनसक्छ । धर्ममा राजनीति मिसाएर केहि अन्धभक्तहरूलाई लठ्याएर धार्मिक द्वेष फैलाउने र समुदायसमुदायका वीच असहिष्णुता सिर्जना गरी हिलोमा माछा मार्ने प्रयत्न पनि भैरहेको देखिन्छ । यस्ता सस्ता, क्षणिक भावनात्मक उत्तेजनाका कारण धार्मिक तथा जातीय द्वन्द्वले धेरै मानिसहरूको नोक्सानी भएका उदाहरण विदेशहरूमा देख्न सकिन्छ भने नेपालमै पनि यस्ता प्रयास सुषुप्त र पर्दापछाडि क्रियाशील भैरहेको पाइन्छ । यस्ता प्रायोजित गतिविधिमा राज्यका कानून र तिनको कार्यान्वयन त आवश्यक छ । त्यसकासाथै सम्बन्धित धर्म गुरूहरू तथा पुरोहितहरूबाट वास्तविक धार्मिक मूल्यमान्यताको ब्यापकतातिर ध्यान दिनु आवश्यक छ ।
चाडपर्वका सन्दर्भमा एकातिर धार्मिक मूल्यमान्यतामा भित्रिएका विकृतिका कारण वितृष्णा बढेको छ भने अर्कातिर चाडपर्व मनाउने क्रममा सिर्जित विकृतिका कारण चाडपर्व वास्तविक आदर्शभन्दा तडकभडक, खाइपिइ, रमाइलो र नियमित ब्यस्तताबाट राहत प्राप्त गर्ने हुनेखानेहरूका लागि अवसर जस्ता प्रतीत भएका छन् । उदाहरणका लागि हाल चलिरहेको तीजलाई लिन सकिन्छ । गाउँघरतिर तीजले केहि दिनमात्र छुन्छ तर शहरबजारमा महिलाहरू केहि महिनाभर नै दर खाने नाममा उत्ताउला गीतमा कपडा, गहना र अङ्ग प्रदर्शनीको होडबाजी गरिरहेका छन् । दुःख गरेर कमाएको होस् या बद्मासी गरेर, जसले कमाएको होस्, पुख्र्यौली होस् या दाइजो सम्पत्तिको खर्च भैरहेको छ । चाडपर्वमा गरिने यस्ता उत्ताउला र फूर्मासी खर्च सामाजिक समस्या पनि बन्छन् । विकृति र विसंगतिको प्रतिफल तत्काल ठाउँकोठाउँ त नहोला तर कुनै प्रकारले परिणाम निकाल्ने प्रयास भैरहन्छ । ्
लोभ, अहंकार, इष्र्या, घृणा जस्ता दूब्र्यवहार पैदा हुन्छन् । एउटै काखका दाजु भाइ दिदी बहिनीका हैसियत बेग्लाबेग्लै हुनु हो तर चाडपर्वमा भेला हुँदासमेत लुगाफाटा, गहनाको ध्वाँस देखाउने हो भने रगतको नाता के रह्यो ? घरैमा फूर्ति देखाउनेले समाजमा के गरेको होला ? खानपिनसमेत होटल र रेष्टुरेन्टबाट झिकाउने छन् । चाडपर्वमा समेत होइन सामान्य एक दुई घण्टाको यात्रामा पनि सडकमा सुकाइएका पानीपुरी र पकौडा खानेहरूप्रति दया लाग्छ यिनका घरमा के पाकेको होला ? चाडपर्वमा समेत ऋण काडेर भए पनि लगाउन र खान पर्ने रे । फेशन र देखासिकीले मौलिकता त हरायो नै, आफैलाई सकस हुनेखालका वस्त्र र पहिरनका कारण सार्वजनिक स्थलमा समेत पचास काटेका बुढा पनि पछाडि फकेर हेर्दा मख्ख पर्छन् तर अलि पर पुगेपछि कुनै मुन्द्रेले बाटो छेक्दा गुहार पनि पाउँदैनन् । चाडपर्वकै बेला चोरी, बलात्कार, झैंझगडा, कुटपिट बढी हुनु पक्कै पनि मानिसहरूको पर्व मनाउने शैली नमिलेकै कारण हो । कतिपय पर्व रमाइलो तरिकाले मनाइने गर्छ । ती रमाइला क्षणहरू पनि रणभूमिमा सजिलै परिणत हुन्छन् । कुनै क्लब वा संस्थाले वार्षिकोत्सवमा कुनै खेलकूद वा साँस्कृतिक कार्यक्रम आयोजना गरिरहेको बेला प्रायः झगडा भएको हुन्छ । ती झगडाका पछाडि कुनै जालझेल वा मादक पदार्थ सेवन वा माया प्रीतिका नाममा भएका हुन्छन् । अलि हुर्केको बलियो युवायुवती घरमा छ भने बाबुआमालाई त्रास हुन्छ ।
वास्तवमा चाडपर्वका धार्मिक आस्थाको हस्तान्तरण, कुनै प्राकृतिक सम्पदाप्रतिको माया, सद्भाव र अन्तरसम्बन्धको सम्मान, कुनै मानवीय कार्यको महत्वलाई निरन्तरता, कुनै संघसंस्थाको स्थापना, कुनै विशेष घटनाको सम्झना आदि महŒव हुन्छन् । तसर्थ चाडपर्व तडकभडक, तामझाम र रामरमिताका लागि होइन कि यिनका मूल्य मान्यताको हस्तान्तरण गरी भावी पुस्तालाईसमेत आफ्ना धर्म, परम्परा, संस्कृति, संस्कार, सभ्यताप्रति आस्थावान बनाउँदै तिनका असल गुणहरूलाई शिरोपर गरी सार्थक जीवनयापनका लागि सहयोग गर्ने माध्यम हुन् । तसर्थ लाउनु खानु साधारण र सनातन तरिका अपनाउन सकिन्छ । बरू सानासाना बालबालिकालाई चाडपर्वका महत्व सिकाउने, ती पर्वसँग साक्षात्कार गर्ने, स्वपहिचानकालागि आधारभूत परिचय निर्माण गर्ने, एकले अर्काको धर्म, संस्कृति, भाषा, परम्परा, चाडपर्वप्रति सम्मान ब्यक्त गर्ने बहुसांस्कृतिकवादको भावना जागृत गराउने र विविधतायुक्त समाजलाई एकतामा बाँध्नकालागि चाडपर्वको सदुपयोग हुनु आवश्यक छ । वर्तमानमा देखिएका असहज उकुसमुकुस परिस्थितिको अन्त्यमा नै सबैको भलाइ छ । [email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?