© २०२३
गुल्मी,५ मंसिर । गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका गोकर्ण बिष्टले सुरुवाती अग्रता कायम गरेका छन् । बिष्टको घर रहेको इस्मा गाउँपालिका वडा नम्बर १ को मतगणना अनुसार बिष्टले १६७७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीबाट सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीले १३१६ मत ल्याएकी छन् ।
गुल्मी क्षेत्र नम्बर–२ मा १ लाख ४ हजार ३२७ मतदाता मध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो । २०७४ र २०७० यो क्षेत्रमा विष्टले जित्दै आएका थिए । एमाले विभाजनपछि झांक्री विष्टको प्रतिस्पर्धी बनेकी हुन् ।