© २०२३
बसन्त पोखरेल
हिमाल रमाइलो कि तराई रमाइलो
पाँच नम्बर हाम्रो प्रदेश झनै रमाइलो ।
विश्वले नै चिनेको बुद्धभूमि लुम्बिनी
तिलौराकोट दरबार उत्तरमा पाणिनी
तिनाउ सललल हाम्रो प्रदेश झनै रमाइलो ।
पूर्ब देवदहमा बुद्धका छन् मावली
निग्लिहवा गोटीहवा बुद्धका हुन् गाँवली
तिनाउ सललल हाम्रो प्रदेश झनै रमाइलो ।
अंग्रेजलाई चटाए धुलो उजीर सिंहले
शान राखे नेपाल्को बहादुरी तिनले
तिनाउ सललल हाम्रो प्रदेश झनै रमाइलो ।
श्वर्गद्वारी रिडी छन् धर्मक्षेत्र मानिने
बागेश्वरी भैरवथान शक्तिपीठ जानिने
रिडी सललल हाम्रो प्रदेश झनै रमाइलो ।
कपिलमुनी ऋषिले रोजेको यो भूमि हो
बाल्मिकी र ब्यासले ज्ञान छरेको भूमि यो
तिनाउ सललल हाम्रो प्रदेश झनै रमाइलो ।
रामापिथेकसले यहि धर्ती रोजेका
शेन राजा मुकुन्द मणिजस्तै टल्केका
तिनाउ सललल हाम्रो प्रदेश झनै रमाइलो ।
धर्मावती माडीको मिलन ऐरावतीमा
राप्ती बनी बगेको दांग देउखुरीमा
राप्ती सललल हाम्रो प्रदेश झनै रमाइलो ।
बबई, भेरी बगेका वर्दियाको फाँटमा
सबै चिज उब्जने यो भूमिको माटोमा
बबई सललल हाम्रो प्रदेश झनै रमाइलो ।
हिमाल रमाइलो कि तराई रमाइलो
पाँच नम्बर हाम्रो प्रदेश झनै रमाइलो ।।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी