© २०२३
हिन्दुहरूको महान पर्व तीजको अवसर पारेर जिल्लाको बाबा बर्दगोरियामा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साताब्यापी मेलाको आयोजना गरिएको छ । भदौ २२ गते देखी शुरु भएको उतm मेलाको महत्वपूर्ण दिन आज भारत लगायत जिल्लाको विभिन्न स्थानबाट बाबा बर्दगोरियाको दर्शन गर्न भतmजनको भिड लाग्ने मेला आयोजकले जनाएका हुन् ।
हुन त बर्षेनी तीजको दिनमा मात्र एक दिन मेला लाग्ने गरेको थियो,तर मेलामा ब्यपार ब्यवसाय गर्ने ब्यवसायी एक दिन पहिला आउने र एक दिन पछि जाने गर्दा तिन दिनसम्म मात्र बर्दगोरियामा रौनक देखिने गरिए पनि यो बर्ष सुनवल नगरपालिकाले महोत्सवको रूप दिएर उतm स्थानको प्रवद्र्धन गर्न लागेको नगरपालिकाका मेयर भिम बहादुर थापा ले जनाए । बाबा वर्दगोरिया, मामी सवरिया र अमर पोखरा परापुर्वकाल देखी दर्शन अवलोकन गर्ने गरिन्थ्यो । पछिल्लो समयमा त्यहाँ धार्मिक यज्ञ गर्ने, पुजापाठ गराउने प्रचलन पनि थपिएको छ । बाबा वर्दगोरियामा एक शताब्दी देखि अखण्ड धुनी पनि बल्दै आएको छ, मेयर थापाले भने, यो पनि पुरातात्विक र धार्मिक महत्वलाई दर्शाउँछ । बाबा वर्दगोरिया नामले चिनिने टाउको नभएको साँढेको धज अर्थात शरिर मात्र अवस्थित छ । पौराणिक काल देखी मानिदै आएको उतm स्थान महाभारत कालिन भगवान कृष्णको सम्बन्धसंग जोडिएको छ । जुन यदुबंशिय अर्थात अहिर जातीले आफ्नो जातिय पहिचानसंग पनि जोड्ने गरेका छन् ।
बाबा बर्दगोरियाको सम्बन्ध नेपालकै दाँग जिल्लाका केही धार्मिक स्थानसंग जोडिएको मानिन्छ । यदुबंशियसंग जोडिएको इतिहास अनुसार वर्दगोरिया अर्थात साढेको शिर (टाउको) रूपन्देहीको सिघाँवा भन्ने गाँउमा रहेको छ । भगवान कृष्णले मथुराबाट ग्वालालाई लिएर काठमाडौं (प्राचिन नेपाल) मा जाने बेला गाई बस्तु पाल्ने केही ग्वालाहरू समेत उनीसंगै काठमाडौ कृष्णसंगै काठमाडौ हिडेका थिए । बाटो हिँडदै गर्दा पहाडको फेदीमा रहेको अहिलेको वर्दगोरिया स्थान (क्षेत्र) मा गाई बस्तुलाई खाने घाँसै मैदान रहेको थियो । उतm घाँस देखेर केही ग्वालाहरू कृष्णको साथमा नगई सोही क्षेत्रमा आफ्नो बास बनाए र गाईपालन गर्न थाले । त्यसै गरि केही ग्वालाहरू दाँगको रिहार भन्ने ठाउँमा पनि घाँस देखेर बस्न थाले । ति ग्वालाहरू यदुबंशीहरू नै थिए । त्यही यदुबंशी अहिलेका यादव अर्थात अहिर हुन् । यादवकै मुखिया रसोली को विवाह सावरीसँग भएको थियो । जुन सावरी विवाह भए पनि ब्रम्चारिणी नै रहिन् । रसोलीको एक भान्जा थिए प्रशुराम । उनले ति सावरी महिलालाई मामी मामी भन्ने गर्थे ।
गाई मध्येकै एक बाच्छा रसोली र उस्को भान्जासंगै हिँड्ने, घुम्ने गर्दा पशु भएपनि केही मान्छेका भाषा र संकेत पनि बुझ्ने गथ्र्यो । त्यही बाच्छा पछि साँढे भयो । सबै गाई गोरुको नियन्त्रण गर्नमा उतm साँढेले नेतृत्व गथ्र्यो । सो साढेको घाँटीमा रसोली र उस्को भान्जाले सुनको घंटी समेत बाधेका थिए । साँढे जता जता जान्थ्यो,उता घंटीको आवाज आउथ्यो । घंटीको आवाजको आधारमा ग्वालाहरू गाई बस्तु कता छन ? पत्ता लगाउने गर्थे । पौराणिक कथा अनुसार रसोली विवाह गरेर सावरीलाई घर ल्याउँदै गर्दा बाटो बाटै हराए । पछि रसोलीको भान्जा प्रशुरामसंग परिचयभ ए पछि सावरीले प्रशुराम भान्जासंगै सबै गाई बस्तु स्याहार्न थालिन् । प्रशुरामले सावरीलाई मामी मामी भनेर उच्चारण गर्दा उतm साँढेको आवाज पनि मामी मामी कै स्वरमा आउने गथ्र्यो । सावरी जहाँ जता जान्थीन, जंगलमा उनलाई पनि सुरक्षार्थ उतm साँढे संगै हिँड्ने गथ्र्यो ।
एक समय सावरी आफ्ना ग्वाला आफ्न्त भेट्नका लागि दागको रिहारबाट अहिलेको वर्दगोरिया आउने योजना बनाईन । उनी आफन्त भेट्न आउदा साँढे पनि संगै हिँड्यो । हिँडदै जाँदा रोहिणी नदी वरिपरि बाक्लो जंगल भएकोले साढे र सावरीको साथ छु्ट्यो । जुन साढे एक्लै हिडदै आउद रूपन्देहीको सिघाँवा भन्ने स्थान(हाल देवदह नगरपालिकामा पर्ने) ठाँउमा चोरहरूले साँढेको घाटीमा सुनको घण्टी देखेर लोभ जाग्यो । ति चोरहरूले साँढेलाई घेरा हालेर टाउको काटे । टाँउको त्यही स्थानमा खस्यो । तर विना टाउकोको शरिरबाटै दौडिदै अहिलेको वर्दगोरिया स्थानमा पुग्यो । टाउकोबाट मामी मामी भन्दै कराउदै गरेको थियो । चोरहरू भागे । टाउको विनाको शरिर बर्दगोरिया स्थान देखी करिब २ सय मिटर दक्षिण पूर्व दिशामा अमर पोखरी छ । त्यो पोखरीसम्म साढे पुगेर पोखरीमा स्थान गरेको भए अमर हुन सक्थ्यो,भन्ने मान्यता रहेको छ । तर त्यहासम्म साँढे पुग्न सकेन् । जुन स्थानमा साँढेको शरिर खस्यो,त्यस स्थानमा उहिले देखी नै बाबा वर्दगोरिया भनेर चिनियो । उतm साँढेको पुजापाठ गर्ने चलन चल्यो । जुन निरन्तरता पाउदै अहिलेसम्म बाबा बर्दगोरियाले चिन्ने गरिन्छ ।
ऋमर पोखरामा स्नान गरेर वर्दगोरियामा जल,दुध अर्पण गरे दिर्घायु हुने मान्यताले भदौको शुक्ल पक्ष तिजको दिनमा पुजा गर्न भारत विहार,युपी मध्यप्रदेश लगायत नेपालका विभिन्न जिल्लाबाट दर्शनार्थीहरू आउने गर्छन् । प्रत्येक बर्ष एक दिनमा एक लाख भन्दा बढि दर्शनार्थी आउने गरेको स्थानियहरू बताउछन् । नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको भुमही बजार देखी करिब ३ किलोमिटर उत्तर चुरे पर्वतको फेदमा रहेको बाबा बर्दगोरियाको सम्बन्ध रूपन्देही जिल्लाको देवदह नगरपालिकाको सिघाँवा र दाँग जिल्लाको अहिरावती नदी किनारमा अवस्थित छ । सबै स्थानलाई पर्यटन मार्गसँग जोडेर विकास गर्नु पर्ने आवश्यकता रहेको मेयर थापाले जनाए ।