© २०२३
बुटवल,५ मंसिर । रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यतर्फ २५ सय मत गणना हुंदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन् । घण्टी चिन्हका गणेश पौडेलले ९००, सत्ता गठबन्धनको समर्थन पाएका जनमुक्ति पार्टीका केशव थापाले ८८१ र नेकपा एमालेका विष्णु पौडेलले ८०० मत पाएका छन् । यसअघि दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पौडेल अहिले तेस्रो स्थानमा झरेका हुन् । यहां १ लाख ३९,५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको थियो । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।