© २०२३
बुटवल,५ मंसिर । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले शुरुवाती अग्रता लिएका छन् । २ हजार ५ सय ३० मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेर अग्रता हासिल गरेका छन् । शुक्लालाई नेपाली काँग्रेसका प्रमोद यादवले पछ्याएका छन् । यादवले ७२४ मत प्राप्त गर्दा सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवले ४९३ र जसपाका ओमप्रकाश यादव गुल्जारीले ३१ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार यो क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७० प्रतिशत मत खसेको छ । २०७४ को चुनावमा कांग्रेसका प्रमोद यादव विजयी भएका थिए ।