© २०२३
बुटवल, ५ मंसिर । रुपन्देहीको क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको प्रशासनिक भवनमा बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो । सर्बदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रमोद यादव,लोकतान्त्रिक सवाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला, जनता समाजवादी पार्टी, एमाले र राप्रपाको गठबन्धनका ओमप्रकाश यादव गुल्जारी र जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवबीच मुख्य प्रतिष्पर्धा छ ।
१ लाख १० हजार ६६९ मतदाता रहेका यो क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।