© २०२३
बुटवल, ४ मंसिर । रुपन्देहीका पांच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रको मत गणना ५ वटा निर्वाचन क्षेत्रमा अलग अलग हुने भएको छ । यसअघिका आम निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाममा हुंदै आएको थियो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा,४ को मझगावा मावि मर्चवारमा र ५ को गैडहवा गाउपालिकाको नयां प्रशासनिक भवनमा हुने छ । अहिले मतपेटिकाहरु मतगणनास्थलमा पु¥याउने काम भइरहेको र आज रातिबाटै मत गणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रुपन्देहीमा ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान छ ।
तस्वीर : विश्वास ढकाल