© २०२३
गुल्मी,४ मंसिर । गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । त्यस्ता मत पत्र ५५ वटा रहेको बताईएको छ । उक्त मतदान केन्द्रमा पुन स् मतदान अधिकृत सहितको टोली पठाएर पुन मतदान गर्ने बताईएको छ । तर पुन स् मतदान कहिले गर्ने भन्ने बिषयमा छलफल भैरहेको मुख्य निर्वाचन अधिकृत बषन्तराज पौडेलले जानकारि दिनु भएको छ । २ लाख २३ हजार छ सय १५ मतदाता रहेको गुल्मीमा आज भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारि दिनुभएको छ ।