© २०२३
बुटवल,४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल सडक डिभिजन परिसरबाट मतदान गरेका छन् । उनी रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पनि हुन् । मतदानपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै नेता पौडेलले आम निर्वाचनपछि देश राजनीतिक स्थायित्व,अग्रगति,प्रगति र समृद्धितिर जाने बताएका छन् । निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता देखेर आफूहरु अत्यन्तै खुशी भएको समेत पौडेलले बताए । विगतका तीता मिठा केही अनुभवहरुबाट शिक्षा लिएर देशलाई समृद्धितर्फ लिएर जाने निश्कर्ष यो निर्वाचनले दिने पौडेलले बताए ।