ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

रुपन्देही ३ का प्रख्यात बन्जाडे भन्छन् : मेरो लोकप्रियता देखेर सत्ता गठबन्धनबाट दबाब आयो

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

भैरहवा , १ मंसिर । रुपन्देही क्षेत्र नंं ३ मा लौरो चुनाव चिन्ह लिएर सांसद उम्मेदवार रहेका प्रख्यात बन्जाडेले क्षेत्रका मतदाताले आफूप्रति देखाएको सद्भाव र मायाले निकै उत्साहित भएको बताएका छन् । पत्रकारहरुसंग कुरा गर्दै बन्जाडेले क्षेत्रका ३६ वटा वडामा घरदैलो र कोणसभा गर्न पुग्दा मतदाताले आफूलाई मत दिएर जिताउने आश्वासन दिएको हुंदा उत्साहित बनेको बताए । आफूले भ्रष्टाचार नियन्त्रण गर्न कडा कानून बनाई सुशासन कायम गर्ने,रोजगारमूलक शिक्षा,गुणस्तरीय स्वास्थ्य, कृषि, उद्यम र रोजगारीका विषयलाई प्राथमिकता दिएर प्रतिवद्धता सार्वजनिक गरेकाले मतदाताले रुचाएको बन्जाडेको भनाई छ । आफ्नो लोकप्रियता बढ्दै गएको देखेर सत्ता गठबन्धनका दलका कार्यकर्ताबाट कहिले उम्मेदवारी फिर्ता लिन दबाब दिने त कहिले लौरो अभियानले सत्ता गठबन्धनलाई समर्थन ग¥यो भनेर झुठो प्रचार गर्दै भ्रम छर्ने काम भएको बताए । ‘कहिले उम्मेदवार नबने हुन्थ्यो भनेर दबाब दिने काम भयो, कहिले छठ पुजामा संगै बसेको फोटोलाई देखाएर सत्ता गठबन्धनलाई समर्थन भयो भनेर झुठो प्रचार र भ्रम छर्ने प्रयासहरु भए’–बन्जाडेले भने –‘ मतदाताहरु कुनै भ्रममा नपर्न मेरो अनुरोध छ ।’
क्षेत्र नंं ३ मा लौरो चिन्हको उम्मेदवार आफ्नो एमाले राप्रपा जसपा गठबन्धनका दीपक बोहरा र सत्ता गठबन्धनका बालकृष्ण खांणसंग त्रिपक्षीय प्रतिस्पर्धा रहेको बन्जाडेले दावी गरे । प्रहरी प्रशासनबाट सत्ताको दुरुपयोग गर्दै सत्ता इतरका दलका नेता कार्यकर्तामाथि अनावश्यक धरपडक र निगरानी बढाएको बन्जाडेको आरोप छ । सत्ता पक्षका उम्मेदवारहरु प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म सबै मन्त्रीले राजीनामा दिएर उम्मेदवार बन्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेपनि नेपालमा सत्ता र शक्तिको दुरुपयोग गरी मतदाता प्रभावित गर्न राजीनामा नदिइकनै उम्मेदवार हुने परिपाटी रहेकाले आफू निर्वाचित भएपछि यस्तो गर्न नपाउने कानून बनाउने बताए । कतिपय ग्रामीण क्षेत्रमा मतदाताले भोट माग्न जांदा कति रकम दिनुहुन्छ भनेर मोलमोलाई गर्ने गरेको पाइएकाले अरु दलका उम्मेदवारले पैसा बांड्ने गरेको हुनसक्ने उनले औंल्याए । नेपाली कांग्रेस पृष्ठभूमिको भएको र भैरहवा आसपासका थुप्रै संघसंस्थामा राम्रोसंग घुलमिल भएका कानुनका ज्ञाता समेत रहेका अधिवक्ता बन्जाडेको उम्मेदवारी खासगरी सत्ता गठबन्धनका लागि टाउको दुखाईको विषय बनेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?