ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

औद्योगिक प्रदर्शनीका लागि उद्योग संघको देश दौडाहा

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

बुटवल, २७ कात्तिक ।
बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को निम्तो बाढ्न रुपन्देही उद्योग संघ देशका विभिन्न जिल्लामा गएको छ ।
रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा गर्न लागेको प्रदर्शनीमा स्टल दर्ता अभियान ४ प्रदेशका प्रमुख उद्योग प्रतिष्ठान र उद्योगिहरुसंग अन्तरक्रिया गरेर संघका अध्यक्ष एवं प्रदर्शनी मुल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोली बुटवल फर्केको हो ।
“संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ आगामी पौष ७ देखि १९ गतेसम्म बुटवलमा संचालन हुन गइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको क्रममा पौडेलको नेतृत्वमा गएको टोलीले लुम्विनी, वागमती, मधेश तथा गण्डकि प्रदेशमा रहेका प्रतिष्ठित उद्योग प्रतिष्ठान तथा उद्योग व्यवसायी संघसंस्थाहरुसंग भेटघाट एवं छलफल गरेको थियो । प्रर्दशनीको कामलाई निर्देशन तथा कार्यान्वयन समिति तथा विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफाड गरेर अगाडी बढाइएको छ ।
त्यसैक्रममा प्रदर्शनीमा सहभागि हुने उद्योग प्रतिष्ठानहरुका सञ्चालकहरुसंग प्रत्यक्ष भेटगरि आवश्यक सुझाव तथा अन्तरक्रिया गर्ने उद्देश्यले भ्रमणको कार्यक्रम तय गरिएको संयोजक माधव प्रसाद पौडेलले बताउनु भयो । राजधानी बाहिर निर्माण गरिएको अन्तराष्ट्रिय प्रर्दशनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रर्दशनीलाई आर्कषक तथा व्यवस्थित बनाउने लक्ष्यसहित कामलाई अगाडी बढाएको बताउदै संयोजक पौडेलले भ्रमणबाट आफु उत्साहित बनेको प्रतिक्रिया दिनु भयो । उहाका अनुसार भ्रमणका क्रममा प्रदर्शनीमा नयाँ र नेपालका प्रतिष्ठित उद्योग उत्पादनहरु सहभागिता हुने सुनिश्चित भएको र प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्ताका वीचमा पु¥याउन पुलको काम गर्ने कुरामा उद्योगीहरु उत्साहित एवं विश्वस्त देखिएका थिए ।
स्टल सहभागिताका लागि आयोजना गरिएको ४ दिने भ्रमणका क्रममा टोलीले चितवनको नाराणगढमा चितवन उद्योग संघका पदाधिकारी तथा उद्योगीहरुसंग, हेटौडामा मकवानपुर उद्योग संघ, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसहित उद्योगीहरु, वारा र सिमरामा रहेका उद्योग प्रतिष्ठान तथा पोखरामा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उद्योगीहरुसंग सामुहिक तथा छुट्टाछुटै भेटघाट तथा अन्तरक्रिया गरिएको स्टल दर्ता उपसमितिका संयोजक एव मुल समितिका सहसंयोजक दिलिप सापकोटाले जानकारी दिए । त्यसक्रममा उद्योगीहरुले आर्थिक क्षेत्रमा देखापरेको संकट र त्यसको निकारणका लागि स्वदेशी उत्पादनको प्रर्वद्धन नै पहिलो कदम भएको बताउदै प्रदर्शनीको आयोजनाले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका थिए । सबै क्षेत्रका उद्योगी तथा संथागत प्रतिनिधिहरुले बुटवलमा आयोजना हुने प्रदर्शनी उत्कृष्ठ प्रदर्शनीका रुपमा परिचित रहेको उल्लेख गर्दै यस पटकको आयोजना थप उत्कृष्ठ बनाउन शुकामना दिदै सहभागिता जनाउने प्रतिवद्धता जाहेर समेत गरेको सापकोटाले बताए ।
भ्रमण टोलीमा सहभागि संघका कोषाध्यक्ष हिरामणी भट्टराईले छलफलका क्रममा प्रदर्शनी आयोजनाका लागि महत्वपूर्ण पाटोका रुपमा रहेको आर्थिकलाई मजबुत बनाउन प्रतिष्ठित उद्योग प्रतिष्ठानहरुको सहभागिताले भूमिका खेल्ने हुदा त्यसमा संघले विषेश ध्यान दिएको बताउदै प्रदर्शनीलाई आकर्षक र नयाँ व्यवस्थापन गर्न आर्थिक क्षेत्रबाट कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका थिए ।
भ्रमणका क्रममा हेटौडामा आयोजित भेटघाटमा मकवानपुर उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, पुर्व अध्यक्ष माधव अधिकारी, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारी लगायत बालेका थिए । त्यसैगरि चितवनमा भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेल, वरिष्ठ उपाध्यक्ष सुर्य न्यौपाने, पोखरामा भएको कार्यक्रममा पोखरा उद्योग संघका अध्यक्ष सुरेश बहादुर श्रेष्ठ, सचिव बलराम बराल र सदस्य झलकनाथ आचार्य, सल्लाहाकार चन्द्र बहादुर राजभण्डारी लगायत बोल्नु भएको थियो ।बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रर्दशनीमा स्वदेशी उत्पादन, नया प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टछुट्टै पेभिलियनको व्यवस्था गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?