ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

खाँण र पौडेलको बोलीप्रति जनमुक्तिका उम्मेदवार थापाको आपत्ति

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

बुटवल, २७ कार्तिक ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सूर्यवंशी) ले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउन सकिन्छ भन्ने नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएका छन् ।
तिलोत्तममा आयोजना भएको एक टेलिभिजन बहसमा गृहमन्त्री बालकृष्ण खाँण र विष्णु पौडेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा लैजान गरिएको निर्णय ढुंगाले लेखिएको अक्षर नभएको र अपरिवर्तनीय नभएको भन्दै अर्को प्रदेश सभाको दुई तिहाई वहुमतले निर्णय गरेर फिर्ता ल्याउन सकिने बताएका थिए । नेपालको संविधानमा दुई तिहाई वहुमतले निर्णय गरेमा धेरै विषय परिवर्तन गर्न सकिने स्पष्ट व्यवस्था छ ।
जनमुक्तिका प्रतिनिधी सभा सदस्य २ नम्बर निर्वाचन क्षेत्रबाट उमेद्बार समेत रहेका केशव बहादुर थापा (सुर्यवंशी)ले खांण र पौडेलको उक्त अभिव्यक्तिलाई राजनितिक बेईमानिको संज्ञा दिएका छन । शनिबार घरदैलो कार्यक्रम पछि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै थापाले खांण र पौडेलको भनाइमाथि आपत्ति जनाएका हुन् । तर थापाले हरेक हिसाबाले राजधानी बुटवल उपयुक्त छ भन्ने कुरामा सहमति जनाए ।

स्मरणीय के छ भने कांग्रेस नेता खांणकै जोडबलमा रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको हो । तर जनमुक्तिका अध्यक्ष समेत रहेका थापाले स्थायी राजधानी प्रदेश सभाको वहुमतले बुटवल फिर्ता ल्याउन सकिन्छ भन्ने खांण र पौडेलको भनाईमा आपत्ति जनाउनुले उनी बुटवल राजधानी चांहदैनन् भन्ने अर्थ लागेको रुपन्देही २ का मतदाताहरु बताउंछन् ।
थापाको यो अभिव्यक्तिले कांग्रेसका मतदाताहरु उनीप्रति रुष्ट भएको विश्लेषण हुन थालेको छ । ‘दुई तिहाई वहुमतले जुनसुकै विषय परिवर्तन गर्न सकिने संविधानको व्यवस्थालाई टेकेर खांण र पौडेलले बोलेका हुन्, त्यसमा आपत्ति जनाउनुले सत्ता गठबन्धनका उम्मेदवार बुटवलमा राजधानी फिर्ता ल्याउन हुन्न भन्ने पक्षमा छन् भन्ने बुझ्न सकिन्छ’–गठबन्धनमै आवद्ध दलका एक नेताले भने–‘प्रदेशसभाले गरेको निर्णयलाई कुनै दल विशेषको एउटा नेतामाथि दोष थुपार्ने कुरा सर्वथा गलत हो ।’
सो कार्यक्रममा रुपन्देही क्षेत्र नंं. २(१) को प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसी (कुमार)ले पनि स्थायी राजधानी बुटवलमै हुनुपर्ने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?