© २०२३
सुनवल, ०२ माघ ।
पश्चिम नवलपरासीका स्थानीय तहले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट वितरणमुखी भएको पाईएको छ । परिणाम दिने खालको भन्दा पनि धेरै कार्यक्रम वितरणमुखी मात्रै देखिएको कृषि विज्ञहरूले टिप्पणी गरेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीले स्थानीय तहका कृषि शाखाका कार्यक्रमका विषयमा जानकारी लिने क्रममा अधिकांश स्थानिय तहका कार्यक्रम वितरणमुखी भएको पाईएको हो ।
अधिकांश स्थानीय तहका कार्यक्रम अनुदानमा सिमित छ । उत्पादनमा ठुलो परिर्वतन गर्ने र आत्मनिर्भर हुने खालका भन्दा पनि अनुदानमा बढि केन्द्रित देखियो कृषि ज्ञान केन्द्र परासीका वरिष्ठ बाली संरक्षण अधिकृत उमाशंकर पौडेलले भने । गहुँ, तोरी, आलु लगायतका बालिका विउमा अनुदान, पकेट क्षेत्रको नाममा टुक्रे कृषि कार्यक्रम, मिसन कार्यक्रम, यन्त्र उपकरण वितरण, कृषक पाठशाला, बाली प्रर्वद्धन लगायतका कार्यक्रममा बजेट बाँडिएको छ । मिसन कार्यक्रमका नाममा दुई तिन लाख बजेट विनियोजन गरेर कार्यक्रमलाई फितलो बनाएको पाईएको छ ।
पर्याप्त तयारी बिना विनियोजन गरिएको बजेट र कार्यविधि अभाव लगायतका कारण किसान संग कार्यक्रम मेल नखादा कतिपय कार्यक्रममा किसान अनिच्छुक हुदा बजेटनै फ्रिज हुने अवस्था आएको छ । सुनवलमा आलु खेति प्रवद्र्धन कार्यक्रम अन्र्तगतको बजेट पटक पटक सुचना आह्वान गर्दा पनि किसान नआएपछि कार्यक्रमनै संञ्चालन हुन नसकेको कृषि अधिकृत पुष्प अर्यालले बताए । किसानको सबैभन्दा बढि माग हुने सिचाँईको सुविधा विस्तारमा स्थानीय तहको ध्यान गएको छैन् ।
धेरै स्थानीय तहमा सिचाँईका कुनै पनि कार्यक्रमनै समेटिएको छैन् । सात स्थानिय तहले कृषिमा १० करोड बढि बजेट विनियोजन गरेको देखिएपनि उपलब्धिमुलक कार्यक्रम समेटिएको छैन् । प्रतिशतका आधारमा अनुदानमा यन्त्र उपकरण दिने, अनुदानमा बिउ वितरण गर्ने कार्यक्रममा बढि केन्द्रित हुदा त्यसको दुरूपयोग भएको प्रति सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।
केरा, उखु, बदाम, खरभुजा लगायतका बालिमा अब्बल रहेको सुस्तामा गाँउपालिकाले च्याउ प्रर्वद्धन, कृषक पाठशालामा प्याज खेतिको विषयमा प्रयोगात्मक जानकारी लगायतका कार्यक्रममा बढि जोड दिएको पाईएको छ । कृषि शाखा प्रमुख अशोक रावलले केरामा रोगकिरा व्यवस्थापन, च्याउ प्रर्वद्धन, कृषिक पाठशाला र गहुँको बिउ वितरण लगायतका कार्यक्रम सुस्तामा संञ्चालन गरिएको बताए । प्रदेश तथा संघिय सरकार मार्फत संञ्चालन हुदै आएका कतिपय अनुदानमुलक कार्यक्रम स्थानिय तहले पनि संञ्चालन गरेको पाईएको छ ।
‘स्थानिय तहका कार्यक्रमहरू प्रतिफलमा आधारीत कम पाईयो, कार्यक्रमले कस्तो नतिजा दिन्छ भन्नेमा केन्द्रित भएर स्थानिय सरकारले कृषि विज्ञसंग पनि छलफल गरेर कार्यक्रम ल्यायो भने बल्ल प्रभावकारी हुन्छ, कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौवेले भने ।’ साथै स्थानिय तहमा प्राविधिक कर्मचारी र विज्ञतामा पनि कमि देखिएको पाईएको छ । साथै समन्वयकारी भूमिका समेत कृषि शाखाले निभाउन नसकेको ज्ञान केन्द्रले जनाएको छ ।
विषादीको प्रयोग घटाउदै लानुपर्नेमा धेरै स्थानिय तहले विषादिनै निशुल्क वितरण गर्ने गरेको पाईएको छ । विषादिको प्रयोग आवश्यक भएपनि त्यसको सहि प्रयोग र प्रयोग गर्दा मानविय सुरक्षाका उपाय अपनाउनुपर्नेमाज्ञान केन्द्र प्रमुख चौवेले जोड दिए । स्थानिय तहका कृषिका योजनाको प्रभावकारी कार्यान्वयन र सहजिकरणका लागी स्थानिय तहका कृषि शाखा संग त्रैमासिक रूपमा अन्तरक्रिया गर्दे आएको ज्ञानकेन्द्रका कृषि अधिकृत नविन गैरेले जानकारी दिए ।