© २०२३
काठमाडौं, २ माघ ।
नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ।
नेपाल आइसिसी यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको हो।
अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो पराजय हो। पहिलो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो।
मंगलबार मलेसियाको रोयल सेलाङ्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो। अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए।
नेपालका लागि रिया शर्माले तीन र कप्तान पूजा महतोले एक विकेट लिएका थिए।
त्यसपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो। नेपालका लागि साना प्रविनले १२ र पूजा महतोले १० रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले समान एक विकेट लिए।