© २०२३
काठमाडौं, २ माघ।
समाजवादी मोर्चाको बैठक आज सुरू भएको छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आयोजित गरिएको हो।
बैठकमा बामपन्थी झुकाव राख्ने चार दलहरू – नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, र नेपाल समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी छन्। यी दलहरूले समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने उद्देश्यले बैठक बोलाएका हुन्।
बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव लगायतका नेताहरूको उपस्थिति रहेको छ।
यसअघि हिजो बसेको चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदलले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो, जसलाई आजको बैठकले अनुमोदन गर्ने जनाइएको छ। माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भएपछि यो पहिलो बैठक हो, जसमा उनले भाग लिएका छन्।