Butwal Today

अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ

२ माघ २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २ माघ ।

अभिनेत्री तथा अभियन्ताका रूपमा चिनिएकी आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार, तामाङलाई अभद्र व्यवहारसम्बन्धी उजुरीको आधारमा पक्राउ गरिएको हो। हाल उनलाई गौशाला प्रहरी चौकीमा राखेर सोधपुछ गरिएको छ।

उनीविरुद्धको उजुरीको आधारमा अनुसन्धान अघि बढिरहेको जानकारी प्राप्त भएको छ।