© २०२३
बुटवल, ०२ माघ ।
लायन्स क्लब अफ बुटवल सयपत्रीले ‘सेवा नै धर्म हो’ भन्ने लायन्स क्लबको मूल आदर्शलाई आत्मसात गर्दै, लायन्सका संस्थापक मेन्भिन जोन डेको सम्झनामा विविध सामाजिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डिष्ट्रिक गर्भनर लायन पुष्पोत्तम भक्त प्रधानांगले सप्ताहव्यापी कार्यक्रमले समाजसेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको बताए । तालिमको उद्घाटन सत्रमा प्रधानांगले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्ने यस्ता कार्यक्रमको महत्वलाई जोड दिँदै, लायन्स क्लब अफ बुटवल सयपत्रीको प्रयासलाई उच्च प्रशंसा गरे ।
उनले यस्ता कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै समग्र समाजको समृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको मुख्य आकर्षण बुटवल वडा नं. ९ मा रहेको तितेपाती सहकारीसँग सहकार्य गरी ओम शिवशक्ति कल्याणी मन्दिर परिसरमा ८० जना महिलाका लागि आयोजित बाटेको धूप बनाउने तालिम रहेको थियो ।
क्लबका अध्यक्ष कमला बस्नेत कुंवर ले तालिमसँगै क्लबले ओम शिवशक्ति कल्याणी मन्दिर परिसर र यसको वरपरका क्षेत्रलाई समेटेर बृहत सरसफाई कार्यक्रम पनि सम्पन्न बताईन् । मन्दिरलाई स्वच्छ र व्यवस्थित बनाउँदै श्रद्धालुहरूको लागि उत्कृष्ट वातावरण निर्माण गर्न सरसफाई कार्यक्रममा क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कार्यक्रमका क्रममा क्लबले क्यान्सर पीडित एक व्यक्तिलाई नगद सहयोगसमेत प्रदान गरेको थियो ।
क्लबले ओम शिवशक्ति कल्याणी मन्दिरलाई १० वटा कुर्सी र ४ वटा पि फर्म हस्तान्तरण गरी मन्दिर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत गरेको छ । उक्त अवसरमा मन्दिरका अध्यक्ष गौरी केसीले क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत क्लबले बुटवल उपमहानगरपालिकाको सहयोगमा युवा तथा श्रमिक वर्गलाई लक्षित गर्दै वैदेशिक रोजगारीसम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको थियो । कार्यक्रममा विशेषज्ञहरूले विदेश जाने क्रममा ध्यान दिनुपर्ने कानुनी प्रक्रिया, आवश्यक कागजात तथा सुरक्षाका उपायहरूको जानकारी गराएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले लायन्स क्लबले स्थानीयस्तरमा पु¥याएको योगदानको प्रशंसा गर्दै सामाजिक विकासमा क्लबको महत्वपूर्ण भूमिका रहेको बताए ।
निर्वतमान डिष्ट्रिक गर्भनर अर्जुनमान सैजुले क्लबले गरेको उल्लेखनीय कार्यहरूको उदाहरण प्रस्तुत गर्दै क्लबको भावी योजनाहरूलाई अझै उचाइमा पु¥याउन सुझाव दिए ।
त्यस्तै, कार्यक्रमको समापनमा फष्ट डिष्टिक गर्भनर बालाराम भट्टराई, सेकेण्ड भिडिजी संदिप कसौधन, क्लब सल्लाहकार ज्ञानेन्द्र सिमानगैडा, फूलबारी क्लबका अध्यक्ष महेन्द्र भारी, तितेपाती सहकारीका सल्लाहकार तुलसी क्षेत्री लगायतले बोलेका थिए भने प्रमुख प्रशिक्षक तथा क्लबका पूर्व अध्यक्ष सबिना श्रेष्ठले धन्यवाद व्यक्त गरेकी थिइन । क्लबकी सचिव शान्ती नेपालका अनुसार कार्यक्रममा क्लबका सदस्य, तितेपाती सहकारीका पदाधिकारी, मन्दिरका संरक्षक, र स्थानीय समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।