ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

संक्रमणमा थारु र माघी सन्दर्भ

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

नेपालको पुर्व मेचीदेखि महाकालीसम्मको तराईका सबैभन्दा पुराना बासिन्दाहरु नै थारु जाती हो । यो जाति भारतको नैनितालदेखि पूर्वमा ब्रह्मापुत्र नदीसम्म गङ्गा नदीको उत्तर र चुरेको खोँचसम्म र महाभारत पर्वत क्षेत्रको भित्री मधेशसम्म फैलिएर रहेका छन् । थारु नेपालको चौथो ठूलो जनसंख्या भएको जातीय समूह हो । वि.स. २०७८ को जनगणना अनुसार नेपालमा थारुको जनसंख्या १८ लाख ७ हजार १२४ रहेको छ । नेपालको तराईका सबै जिल्लाहरुमा थारुहरुको बसोबास रहेको भेटिने भएपनि ती ठाउँका थारुहरु बिचमा भिन्नता रहेको देखिन्छ । कोचिला थारु, चितौनिया र कठरिया थारु, डगौरा थारु, कुसुमिया थारु र राना थारुहरु क्रमशः पूर्वदेखि पश्चिमतर्फ फैलिएका छन् । सबै थारुहरु जल, जमिन र जंगलसंग अभिन्न रुपमा गाँसिएका छन् । तुलनात्मक रुपमा वन र नदीहरुदेखि नजिकका ठाउँमा थारुहरुको बस्ती रहेको पाइन्छ । तराईका भूमिपुत्र थारुहरु उनीहरुको भाषा, संस्कृति, बिहेवारी, भेषभुषा जस्ता आधारमा एक अर्कादेखि भिन्न भएको पाइन्छ । ६ दशक अघिसम्म तराईको ठूलो जातीय समूह र सम्पन्न समूह अहिले आर्थिक सामाजिक रुपमा पछि पर्दै गएको छ । यो लेखमा थारु जातिमा देखिएको सामाजिक–आर्थिक संक्रमणको विश्लेषण गरिएको छ ।

जनासाँख्यिक संक्रमण

जनसाँख्यिक रुपमा हेर्दा थारु जाति नेपालको चौथो ठूलो जातीय समूह हो । वि.स. २०५८ को जनगणना अनुसार नेपालको कूल जनसंख्याको ६.८ प्रतिशत जनसंख्या थारुहरुको थियो । वि.सं. २०७८ मा यो अनुपात घटेर ६.२ प्रतिशतमा झरेको छ । भौगोलिक रुपमा हेर्दा तराईको कूल जनसंख्याको १२.५ प्रतिशत जनसंख्या थारुको छ । थारुको कूल जनसंख्या मध्ये ९५.९१ प्रतिशत जनसंख्या तराईमा रहेको छ । वि.स. २०५८ सालमा नेपालका सुनसरी, दाङ, बर्दिया र कैलाली जिल्लामा थारुहरु सबैभन्दा ठूलो जनसांख्यिक समूहमा थिए भने २०६८ मा आइपुग्दा थारुले कैलाली जिल्लामा पहिलो हैसियत गुमाएको देखिन्छ । थारुहरुको प्रमुख बसोबास मानिने नारायणी पश्चिमका जिल्लाहरुमा थारुहरुको जनसंख्याको अनुपात निरन्तर घट्दै गइरहेको छ । वि.सं. २०६८ मा नारायणी नदिदेखि कर्णाली नदीसम्मको भूभागको कुल जनसंख्याको २०.१९ प्रतिशत थारुहरु रहेकोमा २०७८ मा यो अनुपात १७.९ मा झरेको छ । अवस्था कतिसम्म भयावह छ भन्ने कुरा कैलाली जिल्लाको थारुको जनसंख्याको हिस्सालाई हेर्दा हुन्छ । वि.स. २०५८ मा कैलालीमा ४३.७ प्रतिशत जनसंख्यीक हिस्सा ओगटेको थारुहरुको जनसंख्या २०७८ मा आईपुग्दा ३६ प्रतिशत भन्दा पनि काममा झरेको देखिन्छ । बर्दिया र कंचनपुर जिल्लामा थारुहरुको जनसंख्याको अनुपात केही बढिरहेको भएपनि पश्चिम नेपालका सबै जिल्लाहरुमा थारुको जनसांख्यिक हिस्सा घटिरहेको छ । तराईमा पहाडी क्षेत्रबाट निरन्तर र अनियन्त्रित रुपमा भैरहेको बसाईसराईले गर्दा पुराना सघन थारु वस्तीहरुमा थारुहरु नै अल्पमतमा पर्न लागेका छन् । बाह्य मानिसहहरुको जनसांख्यिक चापले गर्दा मुलवासिन्दा थारुहरु क्रमश पश्चिमतर्फ विस्थापित हुदै गएका छन् ।


सांस्कृतिक संक्रमण

थारुहरु प्रकृतिपूजक हुन् । झट्ट हेर्दा हिन्दु सस्कार मान्ने देखिएपनि थारुहरु सास्कृतिक रुपमा फरक छन् । उनीहरुको पहिचान भनेकै सस्कृति, भाषा र भुमि हुन् । बसाईसराईले गर्दा थारुहरु आफ्नै भूमिमा अल्पमतमा पर्न थालेका मात्र छैनन्,टाठाबाठाले जमिन खोसेर, झुक्काएर सस्तोमा किनेर थारुहरुलाई भुमिविहीन बनाईरहेका छन् । ४ दशक पहिलेका धेरै जमिन्दार थारुहरु अहिले सुकुम्बासी बनेको देख्न सकिन्छ । सामुदायिक वन बनाउदा वनदेखि टाढाका थारुहरुलाई वनमा बन्देज लगाउँदा पनि थारुहरु विस्थापित हुने अवस्थामा छन् । भुमिविहीन हुदाको गरिबीले गर्दा थारुहरु जीविकोपार्जनको लागि थातथलो छोड्ने प्रवृति बढ्दो छ । यहि कारण अचेल थारुहरुका सघन क्लस्टर हराउन थालेका छन् । थारु जातिमा धर्म परिवर्तनको लहर विकराल बनिरहेको छ । खासगरी गरिब थारुहरुका वस्तीमा चर्चहरुको संख्या बढ्दो छ । फरक प्राकृतिक अभ्यास गर्ने भएपनि २०५८ सालमा ९७ प्रतिशत थारुहरु हिन्दु थिए । धर्मान्तरणको लहर चलेपछि वि.स. २०६८ सालमा हिन्दु थारुहरुको संख्या घटेर ९४ प्रतिशत भएको थियो । सोहि अवधिमा थारुहरुको संख्या बढेर ०.२ प्रतिशत देखि १.७ प्रतिशत भएको देखिन्छ । थारुका बस्तीहरुमा बढिरहेका चर्चहरुलाई हेर्दा पछिल्ला १० वर्षमा धर्म परिवर्तन भयावह बन्दै गएको सहज अनुमान गर्न सकिन्छ । धर्म परिवर्तनसंगै थारुहरुको मौलिक प्रथा र परम्पराहरु हराउदै गएका छन् ।

थारुहरुको पहिचान उनीहरुको भाषा र पहिरन हो । बढ्दो सास्कृतिक अन्तरघुलनले गर्दा थारुहरु आफ्नो मौलिक भाषाको कम प्रयोग गर्न थालेका छन् । पूर्वी क्षेत्रमा मैथली र हिन्दि, पश्चिम क्षेत्रमा भोजपुरी, अवधि, हिन्दी र नेपाली भाषाको प्रवेशले थारु भाषाले मौलिकता गुमाउदै गएको छ । अचेल थारुहरु पनि आपसमा हिन्दी र नेपाली भाषामा कुराकानी गर्न थालेका छन् । भाषा मासिदै जादा भाषाले जोगाएका मौलिक र रैथाने ज्ञान, सिप हराउदै गएका छन् । थारुहरुमा रहेका बडघर÷ महतवा प्रथा , गुरुवा, तन्त्रमन्त्र, झारा प्रथा हराउदै गएका छन् । मौलिक नाचगानमा डिजेको प्रवेश भैसकेको छ । थारु गाउँमा रहेका देउता थान, साझा ख¥यान र बगैँचाहरु नासिएका छन् । घर निर्माण गर्दा मौलिक पक्षलाई छोडिएको छ । झट्ट हेर्दा धेरै थारुहरु अन्य मधेशी समुदाय वा पहाडी जनजाति जस्तो देखिन थालेका छन् ।

आर्थिक संक्रमण

नेपाल–अंग्रेज युद्धले थारुहरुलाई पहिलोपटक आफ्नो थातथलो छोड्ने बनाएको थियो । त्यसबेला तराईमा प्रसस्त जमिन भएकोले पछि फर्केर आउँदापनि थारुहरुको जमिनसंगको नाता टुट्न पाएको थिएन । राणा शासनमा राणा र शाह तथा अन्य भाईभारदारहरुले तराईको जमिन बिर्ताको रुपमा पाए र थारुहरुको जमिनको स्वामित्व खोसियो । स्वामित्व नभएपनि थारुहरुले बिर्ता जमिन र जंगलमा बसेर जीवन चलाईरहेका थिए । २००७ देखि तराईमा मलेरिया उन्मूलन गर्ने कार्यक्रम शुरु भएपछी तराईमा पहाड र भारतबाट मानिसहरु ओईरिन थाले । धेरै थारुका जमिनहरु जवर्जस्ती खोसीए भने केहि थारुहरु जालझेल र प्रलोभनमा परेर सस्तोमा जमिन बेच्न दिन बाध्य भए । यो शिलशिला अहिलेपनि निरन्तर चलिरहेको छ । चितवन, दांग , कैलाली र सुर्खेतमा ५ दशक अघिसम्म सम्पूर्ण जमिनहरुको थारुहरुकै रजाई थियो, तर अहिले ति ठाउँमा थारुहरुका खेतबारी हराएका छन् । थारुहरुको जमिन खोसिएपछी उनीहरु ज्यान पाल्नका लागि धनीहरुको शरणमा पुगे । धनि , शहरिया र जमिन्दारहरुले थारुहरुलाई हरवा–चरवा, कम्लरी राखेर निरन्तर शोषण गरिरहे । आर्थिक रुपमा कमजोर भएपछी थारुहरुले अगाडी बढ्ने अवसर नै पाएनन् । अहिलेको थारु पुस्ता पुरानो आफ्नो आर्थिक वैभवता सम्झेर माथि उठ्ने प्रयास त गरिरहेको छ, तर आर्थिक– सामाजिक रुपमा पछाडी पारिएकोले समाजको मूलधारमा आउन भने लामै समय लाग्नेछ ।

माघी सन्दर्भ

माघे संक्रान्ति अर्थात माघी थारुहरुको प्रमुख पर्व हो । तराईमा थारुहरुका सघन वस्तीहरु हुँदा यो दिन अघिल्लो वर्षको लेखाजोखा गर्ने र आगामी वर्षको योजना तत्था नेतृत्व छनौट गर्ने दिनको रुपमा लिइन्थ्यो । थारुहरु बिचमा भेटघाट गर्ने दुखसुख साटासाट र रमाईलो गर्ने पर्वको रुपमा लिइने माघी केही वर्ष अघिसम्म मालिकहरुले थारु जातिबाट आफ्नो लागि नोकर , कम्लहरी खरिद गर्ने दिनको रुपमा बद्नाम थियो । कम्लरी प्रथाको अन्त्यपछि यो दिन विशुद्ध साँस्कृतिक चाडको रुपमा र दासता मुक्तिको दिनको रुपमा मनाउन थालिएको छ । हिजोका दिनहरुमा जस्तो माघीको दिनमा विक्री हुनुपर्ला भन्ने डर अहिलेको पुस्तामा छैन, तरपनि सास्कृतिक–आर्थिक संक्रमणले गर्दा सिर्जित आर्थिक सामाजिक दासताले यो दिनमा पनि गिज्याईरहेको हुन्छ । त्यसैले यो दिनलाई खानपिन र नाचगान रमाईलो गर्ने अवसरको रुपमा मात्र नलिएर आफ्नो मौलिक परम्परा, सभ्यता र वैभव हराउदै गएकोमा चिन्ता लिने, विश्लेषण गर्ने र आउदा दिनहरुको लागि योजना बनाउने पर्वको रुपमा लिनु जरुरी छ । विकासको नाममा, राजधानीको नाममा अहिलेपनि थारुहरुको मौलिक थलोमा प्रहार भैरहेको छ । केही प्रलोभनमा परेर थारुहरुले पनि आफ्नो थातथलो अरुलाई सुम्पदै सुकुम्बासी बन्ने क्रम रोकिएको छैन । माघिको अवसरमा यी सबै कुराहरुको समिक्षा गर्ने सोच सबै थारु समुदायमा विकास हुनु जरुरि छ । संसार बहु–सास्कृतिक भैसकेकोले थारुहरुका एकल वस्ती, एकल सस्कृति ,एकल अधिकार स्थापना गर्न नसकिएला, तर थारुहरुलाई थप आर्थिक , सामाजिक, सास्कृतिक रुपमा कमजोर बन्नबाट रोक्न सकिन्छ । उनीहरुका परम्परागत र रैथाने ज्ञानलाई संरक्षण र उपयोग गरेर वर्तमानका पुस्ताहरुले फाईदा लिन सक्छन् । जल. जमिन र जंगलमा अग्राधिकार स्थापना गरेर आफ्नो मौलिकतालाई फर्काउन सक्छन् । माघी पर्वले थारुहरुलाई सबल बन्ने आघार प्रदान गरोस–शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?