ट्रेंडिंग:

>> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने >> राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर) >> धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने >> वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’ >> राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने >> गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग >> संक्रमणमा थारु र माघी सन्दर्भ >> माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बुटवल, २ माघ ।

बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुन लागेको हो । भएको छ । यसका लागि प्रधानमन्त्री ओली सहभागी हुने आयोजनाले जानकारी दिएको छ । यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम ११ गतेलाई सारिएको हो ।
सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले लामो प्रतीक्षापछि ‘ब्रेक थ्रु’ गर्न लागिएको बताए । “यसका लागि प्रधानमन्त्री सहभागी हुने निश्चित भएको छ”–उनले भने । आयोजना प्रमुख अधिकारीका अनुसार प्रधानमन्त्रीको समयलाई हेरेर माघ ११ गतेलाई ‘ब्रेक थ्रु’ मिति तोकिएको हो । ‘ब्रेक थ्रु’ लाई विशेष बनाउने गरी तयारी भैरहेको पनि उनले जानकारी दिए ।

सुरुङमार्ग खनेर सक्न अब डेढ मिटर मात्र बाँकी छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको अति दुर्घटनास्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो । एघार सय सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको आयोजना प्रमुख अधिकारीले बताए । जसमध्ये ‘ब्रेक थ्रु’ का लागि १.५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।’

यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ब्रेक थ्रु भएको थियो । बाइपास एक सय ५१, दुई सय ६१ र तीन सय ३० मिटर टनेल रहेको छ । दक्षिणतर्फ ६ सय आठ र उत्तरतर्फ चार सय ७९.५ मिटर सुरुङ खनिएको छ । आयोजनाका अनुसार ब्रेक थ्रु सेरेमोनी गर्ने दिनमा साढे एक मिटर भागलाई ब्लास्ट गरिनेछ ।

मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिए । उनका अनुसार सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको छ । ब्रेक थ्रु पछि अन्य काम धमाधम अगाडि बढ्ने पनि सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।

सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्ग मिटरको काम भएको छ  । उत्तरतर्फ ४९५ वर्ग मिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । अहिले चालु सडकमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ  । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?