ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

बुटवल, १ माघ । पर्यटन क्षेत्रको विकासको लागि एकरुपता र दीर्घकालिन योजना जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा जारी बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ अन्तरगत मंगलबार भएको रुपन्देहीमा पर्यटन ब्यवसायको अवसर, अवरोध र निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सरकार पर्यटनको विकासमा दिर्घकालिन योजना अघि बढाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुषालले कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही पर्यटनमा सम्भावना बोकेको स्थल भएको बताए । अवरोधका रुपमा वित्तिय चुनौतीहरु रहेको भन्दै परियोजनामा आधारित लोनको ब्यवस्था हुनुपर्ने बताए । पर्यटन रुट तयार गर्ने, बेलहिया नाकालाई आगन्तुकमैत्री बनाउने, नुवाकोट सास्कृतिक डबली र जितगढी किल्लामा विशेष प्याकेज स्थानिय बासिन्दासंग समन्वय गरि कार्यक्रम चलाउने, पर्यटन ब्यवसायमा रहेको क्षेत्रियताको भावना हटाउन जरुरी छ । अन्तर व्यापार आन्तरिक समझदारी कार्यान्वयन जरुरी, स्थानिय तहमा पर्यटन नीतिमा एकरुपता र स्पष्टता जरुरी रहेको उनले औल्याए ।

कार्यक्रममा पर्यटन उपाध्यक्ष तथा गोष्ठी संयोजक रोमाकान्त पाण्डेले बुटवलको पर्यटन विकासमा संस्थागत विकासमा लागेको बताए । बिसं २०५६ सालमा स्थापना भएको संस्था निरन्तर लागेको उनले बताए । सुस्ताएको पर्यटन क्षेत्रलाई आशा जगाउने गरि कार्यपत्र निर्देशन गर्ने उनले बताए । तिलोत्तमा नदीमा डुगा सयर जस्ता गन्त्बयस्थल बनाउन सरकारको ध्यान जान सके यसले बुटवलको पर्यटन विकासमा टेवा दिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलको आर्थिक विकास पर्यटनबाटै सम्भव रहेको बताईन । नेपालमा पर्यटनबाट आर्थिकमा फड्को मारेको छ । बटुवालाई भगवानका रुपमा स्वागत सत्कार गर्ने नेपालीहरु अहिले यसैलाई ब्यवसायका रुपमा विकास भएको बताईन। बुटवल हुँदै दिल्लीका पर्यटकलाई मुक्तिनाथसम्म पुर्याउने योजना, पुरानो बुटवललाई एकरुपता दिने गरि परापुर्व कालको झल्को दिने गरि पर्यटकिय स्थल बनाउन आवश्यक तयारी गरिएको उनले बताईन । यसैगरि जितगढी किल्ला नजिक तिलोत्तमा नदिकिनारमा आरती केन्द्र बनाउनेसम्मका योजनाहरु रहेको उनले बताईन । स्थानिय सरकार आफ्नो क्षमता अनुसार पर्यटन विकासमा लगानी गरिरहेको उनले बताईन । सबै मिलेर नै यहाको पर्यटन उकास्न सकिने उनले बताईन ।

कार्यक्रममा पर्यटन विकास परिषदका निर्देशक रामु जोशीले लुम्बिनी पर्यटनको लागि प्राकृतिक रुपमा नै उत्कृष्ट गन्तव्य भएको भन्दै प्रदेश सरकार निरन्तर प्रवद्र्धनका कार्यक्रमलाई जोड दिदै आएको बताए ।

कार्यक्रममा टिप्पणीकर्ता युवराज कंडेलले नीजि क्षेत्र र सरकारबाट एकीकृत विकासको खाका तयार गर्न सुझाव दिए । ऐतिहासिक रुपमा रुपन्देही पर्यटनमा सबल क्षेत्र भएको भन्दै यसको प्रचारप्रसार र पर्यटक भुलाउने गरि प्याकेजमा जोड दिनुपर्ने उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायीहरुको संस्थागत हकहितसंगै पर्यटन प्रवद्र्धनमा संघ निरन्तर लागेको बताए । रुपन्देहीका पर्यटकिय स्थलको पहिचान, प्रवद्र्धन र विकासमा सरकारसंग सहकार्य गर्दै आएको समेत उनले बताए । प्राकृतिक सम्पदा र पुर्वाधारले सम्पन्न लुम्बिनी प्रदेश अवसरै अवसर भएको समेत दाबी गरे ।

कार्यक्रममा नेपाल होटल संघका निवर्तमान अध्यक्ष हिराध्वज शाह, लुम्बिनी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सल्लाहकार समुन्द्र जिसी, कुलचन्द्र पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापाले पर्यटकिय सम्भावना भएर पनि प्याकेज र प्रचार नहुदा सोचजस्तो प्रगति हुन नसकेको दुखेसो गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?