ट्रेंडिंग:

>> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने >> राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर) >> धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने >> वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’ >> राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने >> गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग >> संक्रमणमा थारु र माघी सन्दर्भ >> माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो

गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बुटवल, ०२ माघ ।
पर्यटन क्षेत्रको विकासमा नीतिगत एकरूपता र दीर्घकालिन योजना जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरूले बताएका छन् । तीन तहकै सरकारमा नीतिगत रूपमा एकता र दीर्घकालिन योजना बनाउन सकेमात्र रूपन्देहीको पर्यटन विकासको बाटो खुल्ने उनीहरूले औल्याएका हुन । रूपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा जारी बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ अन्तरगत मंगलबार भएको रूपन्देहीमा पर्यटन ब्यवसायको अवसर, अवरोध र निकास विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने बक्ताहरूले सरकार पर्यटनको विकासमा दिर्घकालिन योजना अघि बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुषालले कार्यपत्र प्रस्तुत गर्दै रूपन्देही पर्यटनमा सम्भावना बोकेको स्थल भएको बताए । नेपालमा १ लाख ८१ हजार होटलहरू रहेको र जहा २ खर्ब १६ अर्ब रूपैया बढी लगानी रहेको उनले बताए । पर्यटनमा बुटवलको ईतिहास हेर्दा बि.सं.१८१६ मा पारि बुटवल निमचोकमा ढाके होटल संचालन भएको भेटिने उनले बताए । पछि बिस्तारै बि.सं.२०३८ सालदेखि यहाँका होटल ब्यवस्थित भएको पाउँछौ । रूपन्देहीमा होटल ब्यवसायबाट करिब १७,५०० बढि रोजगार पाएका छन। धार्मिक तिर्थ स्थल, फेरिएका भौतिक पुर्वाधारहरू, पर्यावरणीय नमुना पार्क, केवलकार नयाँ आशा, प्राविधिक र औधोगिक क्षेत्र सम्भावना भएको उनले बताए ।
अवरोधका रूपमा वित्तिय चुनौतीहरू रहेको भन्दै परियोजनामा आधारित लोनको ब्यवस्था हुनुपर्ने बताए । ‘समयसापेक्ष युवाहरूलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको छ,’– उनले भने । पर्यटन रुट तयार गर्ने, बेलहिया नाकालाई आगन्तुकमैत्री बनाउने, नुवाकोट सास्कृतिक डबली र जितगढी किल्लामा विशेष प्याकेज स्थानीय बासिन्दासंग समन्वय गरि कार्यक्रम चलाउने, पर्यटन ब्यवसायमा रहेको क्षेत्रियताको भावना हटाउन जरुरी छ । अन्तर व्यापार आन्तरिक समझदारी कार्यान्वयन जरुरी, स्थानिय तहमा पर्यटन नीतिमा एकरूपता र स्पष्टता जरुरी रहेको उनले औल्याए ।
कार्यक्रममा पर्यटन उपाध्यक्ष तथा गोष्ठी संयोजक रोमाकान्त पाण्डेले बुटवलको पर्यटन विकासमा संस्थागत विकासमा लागेको बताए । बिसं २०५६ सालमा स्थापना भएको संस्था निरन्तर लागेको उनले बताए । सुस्ताएको पर्यटन क्षेत्रलाई आशा जगाउने गरि कार्यपत्र निर्देशन गर्ने उनले बताए । तिलोत्तमा नदीमा डुगा सयर जस्ता गन्त्बयस्थल बनाउन सरकारको ध्यान जान सके यसले बुटवलको पर्यटन विकासमा टेवा दिने उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलको आर्थिक विकास पर्यटनबाटै सम्भव रहेको बताईन ।
नेपालमा पर्यटनबाट आर्थिकमा फड्को मारेको छ । बटुवालाई भगवानका रूपमा स्वागत सत्कार गर्ने नेपालीहरू अहिले यसैलाई ब्यवसायका रूपमा विकास भएको बताईन। बुटवल हुँदै दिल्लीका पर्यटकलाई मुक्तिनाथसम्म पुर्याउने योजना, पुरानो बुटवललाई एकरूपता दिने गरि परापुर्व कालको झल्को दिने गरि पर्यटकिय स्थल बनाउन आवश्यक तयारी गरिएको उनले बताईन । यसैगरि जितगढी किल्ला नजिक तिलोत्तमा नदिकिनारमा आरती केन्द्र बनाउनेसम्मका योजनाहरू रहेको उनले बताईन । स्थानिय सरकार आफ्नो क्षमता अनुसार पर्यटन विकासमा लगानी गरिरहेको उनले बताईन । सबै मिलेर नै यहाँको पर्यटन उकास्न सकिने उनले बताईन ।
कार्यक्रममा पर्यटन विकास परिषदका निर्देशक रामु जोशीले लुम्बिनी पर्यटनको लागि प्राकृतिक रूपमा नै उत्कृष्ट गन्तव्य भएको भन्दै प्रदेश सरकार निरन्तर प्रवद्र्धनका कार्यक्रमलाई जोड दिदै आएको बताए ।
कार्यक्रममा टिप्पणीकर्ता युवराज कंडेलले नीजि क्षेत्र र सरकारबाट एकीकृत विकासको खाका तयार गर्न सुझाव दिए । ऐतिहासिक रूपमा रूपन्देही पर्यटनमा सबल क्षेत्र भएको भन्दै यसको प्रचारप्रसार र पर्यटक भुलाउने गरि प्याकेजमा जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायीहरूको संस्थागत हकहितसंगै पर्यटन प्रवद्र्धनमा संघ निरन्तर लागेको बताए । रूपन्देहीका पर्यटकिय स्थलको पहिचान, प्रवद्र्धन र विकासमा सरकारसंग सहकार्य गर्दै आएको समेत उनले बताए । प्राकृतिक सम्पदा र पुर्वाधारले सम्पन्न लुम्बिनी प्रदेश अवसरै अवसर भएको समेत दाबी गरे । कार्यक्रममा नेपाल होटल संघका निवर्तमान अध्यक्ष हिराध्वज शाह, लुम्बिनी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सल्लाहकार समुन्द्र जिसी, कुलचन्द्र पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, संघका अध्यक्ष महासचिव अर्जुन थापाले पर्यटकिय सम्भावना भएर पनि प्याकेज र प्रचार नहुँदा सोचजस्तो प्रगति हुन नसकेको दुखेसो गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?