© २०२३
काठमाडौं, २ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तरको ब्राण्ड कर्मक्युर होटेलको आज उद्घाटन गरेका छन्।
होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरेका थिए। होटल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने उनले जनाए।