© २०२३
नवलपरासी, ०२ माघ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ मा पर्ने एतिहासिक नन्दन ताल र प्राचीन नन्दन नगरसँग जोडेर विकासका अवधारणा अगाडी सार्न गाउँपालिका अग्रसर देखिएको छ । गाउँपालिकाले जिल्लास्थित सरोकारवालाहरूसँग वृहत छलफल गरि तालको ऐतिहासिकता र नगरको प्राचिनता प्रवद्र्धन र स्थापित गर्दै एक पर्यटकिय गन्तब्यको रूपमा विकास गर्न कस्सिएको छ ।
बेला बेलामा यस्ता छलफल हुने तर बीचमै सेलाउने अवस्था पनि नआएको होईन्,अतिक्रमणमा रहेको ताल खाली गराई त्यसलाई ब्यवस्थापन गर्नका लागि एक साहसिक कदम चाल्न आवश्यक रहेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताउँछन् । यसका लागि राजनीतिक इच्छा शतिm नै प्रमुख कुरा हो, उनले भने,सार्वजनिक सम्पदा संरक्षण भन्दा आफ्नो स्वार्थी राजनीतिका कारण ताल र नगर ओझेलमा छ । तर हालका गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता लगातार दोश्रो कार्यकालका अध्यक्ष हुन्,उनी तेश्रो पटक अध्यक्ष बन्न संविधानले नै रोक्छ,त्यो भएर अहिले अध्यक्षले देखाएको चाँसो केही आशाबादी देखिन सक्छ ।
भोट राजनीतिको स्वार्थले बाहिर नेताहरूले इच्छा ब्यक्त गर्ने तर अतिक्रमणकारीलाई फेस गर्न चुनौती जस्तै बनेको छ । त्यो चुनौतीको सामना गर्न अहिलेका अध्यक्षको इच्छाशक्ति हेर्न बाकी नै रहेको उनले औल्याएका थिए । कर्मकाण्डी छलफल हो कि बास्तविकता भविष्यमा हुने कामले नै देखाउने उनको भनाई थियो । अति बेला स्थानीयको अतिक्रमणमा परेको छ । नेपालको तेश्रो ठूलो तालको रूपमा रहेको नन्दन तालको संरक्षणका लागि पुरानै स्वरूपमा फर्काउन जनताले माग गरिरहेका छन् ।
नवलपरासीको नन्दन तालको केही किंवदन्तीहरू अनुसार, भगवान कृष्णले आफ्नो नारायणी सेना लगाएर नन्दन ताल खनेका थिए भने केहीका अनुसार बुद्धकालमा भगवान गौतमबुद्धका अग्रश्रावक भिक्षु आनन्दको नामसँग पनि नन्दन तालको इतिहास जोडिने गर्छ । यसरी हिन्दू र बौद्ध धर्म संग जोडिएको एतिहासिक तालको संरक्षणमा सरकारी प्रयास पनि भएका थिए,तर स्थानिय नेताहरूकै असहयोगका कारण सरकारी मौनता पनिे देखिन्छ । नक्सामा तालको जग्गा भए पनि अधिकांश तालमा पानी छैन भने ताल क्षेत्रसमेत अतिक्रमण भएर व्यापक मात्रामा खोतीबाली गर्ने गरेको पाइन्छ । ताल क्षेत्रको जग्गामध्ये केही जग्गालाई राजनीतिक प्रभावमा केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत नाममा दर्ता समेत गरेका छन् ।
“ताल अहिले अतिक्रमणमा परेर सबै खेतमा परिणत भएको छ, ताल सुकेर पोखरी बनेको छ” स्थानीयले अतिक्रमण गरेर खेतीपाती गर्दै आएका भए पनि सरकारी निकायको उदासिनताका कारण अतिक्रमण रोकिएको छैन । राजनीतिक दलको दबाब र अतिक्रमण गर्ने स्थानीय कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध भएकाले यसलाई राजनीतिक मुद्दाको रूपमा सरकारी निकायले लिएको कारण स्थानीय तहले समेत तालको अतिक्रमण रोक्न सकेको छैन ।
नन्दन ताल स्थानियहरूको अतिक्रमणका कारण तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भए पछि सरोकारवाला संग छलफल गरी संरक्षणको काम अगाडी बढाउन अन्तरक्रिया कार्यक्रम, गुरुयोजना निर्माण,आउने दिनमा रेखांकन गर्ने पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दिपक)ले बताएका थिए । तर तालमा रंगशाला सहितको डिपिआर प्रति अधिकाँश सहभागिहरूले ताललाई ताल अनुसारको विकास गर्न सुझाएका थिए । तालमा रंगशालाको औचित्य नरहेको भनाई राजनीतिक तथा जनप्रतिधिहरूको रहेको थियो । नन्दन ताल पर्ने क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री ध्रुव बहादुर प्रधानले नवलपरासीबाट त्रिवेणी धाम लगायतको धार्मिक तथा पर्यटकीय स्थलहरू अलग भए पछि जिल्लाको पहिचान मेटिँदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दे जानुपर्ने बताएका थिए ।
सोही क्षेत्रका नेता समेत रहेका पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले नन्दन ताल संरक्षणको विषय चुनौतिको रूपमा रहेको बताउदै यसलाई अवसरको रूपमा लिएर काम गर्ने हो भन्ने सम्भव भएको बताए । उनले भने “बहाना बाजि गर्ने हो भने अर्थ छैन् तर साँच्चै बनाउने हो भने स्थानिय तह कठोर बनेर निर्णय गरेर अगाडी बढ्न सक्नुपर्छ र यहाँ उपस्थित राजनीतिकका प्रतिनिधिहरूले एक्यबद्धता जनाई अघि बढ्नुपर्छ । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले नन्दनतालको संरक्षण र प्रर्वद्धन गर्न सके आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
उनले भने प्रदेश सरकार संग सहयोगको लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
हालको पाल्हिनन्दन ६ साबिक हकुई र सनई गाबिसको सिमाना रहेको नन्दन ताल तीन कित्ता गरी झन्डै ८० विगाहा र त्यस नजिक सनई र रगरगन्जको बीचमा रहेको सनई ताल ८२ गरी झन्डै १ सय ६२ बिगाहा क्षेत्रफलमा फैलिएको छ तर अहिले स्थानीयले अतिक्रमण गरी खेतिपाती गर्दै आएका हुना तालनै मेटिँदै गएको छ । वि.सं. २०४९ सालदेखि २०५६ साल सम्म तत्कालीन सनई गाउँ विकास समितिका अध्यक्ष रहेका राजेन्द्र सहानीले आफ्ना राजनीतिक स्वार्थसिद्ध गर्नका लागि ८२ बिगाहा क्षेत्रफलमा सनई तालमा ७ सय ५० जना लाई र नन्दन तालमा ३६ जनालाई जोतभोग गर्न दिइएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।
वि.सं. २०७३ साल सम्म तालमा रहेको सानो–सानो पोखरीमा माछापालन हुने गर्दथ्यो जसका लागी ठेक्का समेत आह्वान हुने गरेकोमा पछिल्लो समय तिव्र गतिमा ताल अतिक्रमण भएपछि अस्तीत्व संकटमा परेको छ । ताल अतिक्रमण हुँदै जाँदा जलचर र जल बनस्पतीसमेत लोप हुँदै गएका छन् । नन्दन ताल अतिक्रमणको चपेटामा परेका कारण अतिक्रमण रोकेर ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसके यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिने निश्चित छ ।