© २०२३
बुटवल, ०२ माघ ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा बुटवलमा दोस्रो अन्तरवडा लोकभजन प्रतियोगीता आयोजना गरिएको छ । बुटवलको नन्दनी गोशालामा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले लोकसस्कृतिको जगर्नेका लागि सबैले आ आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका थिए । उनले बुटवल उपमहानरपालिका सबै वर्ग, समुदाय, धर्मको लागि स्थान दिने गरेको बताउँदै लोक सस्कृति, भजनको सधैभ संरक्षण गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापामगर ले लोकसस्कृतिको जगर्नेका लागि गरिएको प्रयासको उच्च सह्राना गर्नुपर्ने बताईन् । उनले सबैको पहलबाट लोक क्षेत्रको संम्बर्दद्धन र प्रर्वद्दन हुने धाराण समेत राखिन् ।जुन उदेश्यले यो कार्यक्रम गर्नुभएको छ विशेषगरि नगरप्रमुख लगायत नगरपालिका टिमलाई धन्यवाद दिएकी थिईन् । भाषा कला संस्कृति हाम्रो लागि धेरै नै महत्त्व कुरा हो सबैले आफ्नो संस्कृति जोगाउनुपर्ने बताईन् । कार्यक्रममा बुटवल उपमहानपरपालिका निमित्त प्रमुख प्रसासकीय अधिकृत तुल्सा अर्याल, महाशाखा प्रमुख दामोदर ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए । १९ वटा वडाबाट ३१ वटा समूहले प्रतियोगीतामा भाग लिएका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अध्यक्ष दिपु थापा मगर, कार्यक्रम संयोजक दामोदर बस्याल, सचिव योगराज पोखरेल लगायतले आ आफ्नो धारणा राखेका थिए । प्रतियोगीता दुई दिन चल्ने छ ।