सुनवल, ०२ माघ ।
थारू संस्कृति भेषभूषा, रीतिरिवाज र परम्परागत सामग्री हराउँदै गईरहेका बेला पछिल्लो पुस्ता यसको संरक्षणमा लागेका छन् । परम्परागत कला, संस्कृति, भेषभूषा, खानपान दैनिक जीवनमा प्रयोग गर्न नसके पनि केही वर्षयता नवलपरासी पश्चिमका थारू समुदायका युवा पुस्ताले मेला महोत्सवमार्फत संरक्षणको प्रयास गरेका छन् । माघे संक्रान्ती माघिको अवसरमा सरावलमा तिन दिन सम्म चल्ने खिचडी महोत्सवमा थारु समुदायका परम्परगत समाग्रि प्रर्दशन गरिएको छ । महोत्सवमा नयाँ पुस्तालाई थारु समुदायका ईतिहासका विषयमा जानकारी गराउन विभिन्न भेषभुषा र परम्परागत सामाग्रिको प्रर्दशनी गरिएको आयोजक श्रीराम युवा प्रतिस्ष्ठानका अध्यक्ष चक्रमणी चौधरीले जानकारी दिए ।
माघिमा थारु भेषभुषामा सजिएका सांस्कृतिक प्रस्तुती र विभिन्न सामाग्रि राखिएका थारु समुदायका परम्परागत घरमा दर्शक लोभिएका छन् । मौलिकता देखाउने खालको कार्यक्रम गर्ने प्रचलन बढेको हुँदा थारू समुदायको कला, संस्कृति र मौलिक लोकनाच संरक्षण भएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताए ।
स्थानिय युवाहरूको सक्रियतामा सरावलमा विगत १९ वर्ष देखि खिचडी महोत्सव हुदै आएको छ । महोत्सव आयोजना स्थललाई थारु सांसकृतिक पार्कको रूपमा विकास गर्न चालु आर्थिक वर्षमा स्थानिय तह र संघिय सरकारले बजेट विनियोजन गरेका छन् ।