© २०२३
पाल्पा, ०२ माघ ।
जिल्लाकै प्रतिष्ठासँग जोडिएको पाल्पा बस पार्कको निर्माणमा ढिलाई भएको छ । काठमाडौं स्वयम्भूको रेड आर्य जे.भीले भ्याट बाहेक १५ करोड ९३ लाखमा आगामी कार्तिकमा सम्पन्न गर्ने गरी उक्त बसपार्क निर्माणको ठेक्का संझौता भएको थियो । झण्डै सय रोपनी क्षेत्रफलमा फैलिएको बस पार्कको निर्माणको भौतिक प्रगति अहिलेसम्म ३० प्रतिशत मात्र भएको छ ।
वन क्षेत्रमा निर्माण हुन लागेको बसपार्क नगर बिकास कोषको ऋण सहयोगमा बन्न लागेको बस पार्कमा ५२ वटा बस अट्न सक्ने क्षमताको निर्माण हुन लागेको तानसेन नगरपालिकाका प्राविधीक राम प्रसाद श्रेष्ठ बताउँछन् ।
सुबिधा सम्पन्न निर्माण हुन लागेको यस बस पार्कमा चौकीदारको लागि आवास, व्यापारीक प्रयोजनका लागि सटर, प्रवेशद्वार, प्रवेश र निकासको सडक निर्माण हुन लागेको प्राविधिक शिब शर्मा बताउँछन् । पटक पटक छलफल र वहश भएर प्रस्तावित गरिएको यस क्षेत्र छनोटमा परेको हो । सिद्धार्थ राजमार्गको बुटवल पाल्पासडक खण्ड निर्माण संगै निर्मित तानसेनको बस पार्कमा प्रतिदिन सवारीको चाप र संख्या बढदै गएपछि सानो र साँघुरिदै गयो यो बसपार्क नयाँ ठाउँमा प्रस्तावित गरिएको नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउँछन् ।
करिब ५ वर्ष अगाडि सरकारको मन्त्रिपरिषदको निर्णय अनुरूप तानसेन गुल्मी सडकखण्डको सल्लाघारीमा प्रस्तावित गरिएको हो । नगर बिकास कोषको ऋण सहयोगमा निर्माण गरिन लागेको बस पार्क निर्माणका लागि प्रकृया अगाडि बढाउन नगर सरकारले आलटाल गरेपछि डिभिजन बन कार्यालयले निर्माणको प्रकृया अगाडि नबढे प्रस्तावित जमिन फिर्ता हुने चेतावनी दिएपछि नगर सरकारले निर्माणको प्रकृया अगाडि बढाएको वन कार्यालयका प्राविधीकहरू बताउँछन् ।
बस पार्क निर्माणको गुरु योजना अनुरूप पेट्रोल पम्प मोटर मर्मतको ग्यारेज समेत प्रस्तावित गरिएको छ । दोस्रो चरणको योजना अनुरूप निर्माण हुनेछ । दोस्रो चरणको कार्यका लागि नगर बिकास कोष संग पुन संझौता गर्नु पर्ने हुन्छ । पहिलो चरणको निर्माणको कार्य पुरा भएपछि दोस्रो चरणको प्रकृया अगाडि बढाइने नगर सरकारले जनाएको छ ।
हरियाली सल्लाको बिचमा निर्माण हुन लागेको बस पार्कको नामाकरण पनि हरित बसपार्क भन्ने छ । यो बस पार्कको निर्माण कार्य पुरा भएपछि तानसेनको पर्यटन व्यवसायमा थप टेवा पुग्ने पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई बताउँछन् ।
झण्डै ५ दशक अगाडि निर्मित बसपार्क सानो र साँघुरिदै गएका कारण सदरमुकाम तानसेन बाट ग्रामिण क्षेत्रका लागि छुुटने साना सार्वजनिक यातायात विशाल बजार, नारायणस्थान, टँुडिखेल बाट छुट्ने गर्दछन् । ठाउँ ठाउँ बाट सार्वजनिक यातायात छुट्दा गन्तब्यमा पुग्ने यात्रुले सवारी साधन भेट्न कठिन भएको थियो । व्यवस्थित बसपार्क निर्माण भएपछि यात्रु, सवारी चालक सबैलाई सहज हुने सवारी चालक शिव राना बताउँछन् ।
निर्माण कम्पनीलाई रनिड्ड विलको आधारमा भुक्तानी हुने भएकाले हाल सम्म १८ प्रतिशत वित्तिय प्रगती भएको र आउने कार्तिक महिना भित्रमा निर्माण कार्य पुरा गर्ने गरी निर्माण व्यवसायी लागि परेको प्राविधीकहरू बताउँछन् ।