© २०२३
काठमाडौं, २ माघ ।
संघीय संसदका विपक्षी ६ दलहरूले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्।
आज बसेको विपक्षी दलको संयुक्त बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै भोलि पत्रकार सम्मेलन गर्न लागिएको हो।
अध्यक्षद्वारा सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिएका थिए।
भोलिको पत्रकार सम्मेलनको तयारीका लागि पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको छ। विपक्षीहरूको साझा धारणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकिएको छ।
पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ।