© २०२३
काठमाडौँ, १ माघ ।
नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आइपुगेका छन्।
उनले राजदूतका रूपमा नेपालका कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका छन्।
जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा आइपुग्दा आफूलाई खुसी लागेको राजदूत तोरूले सुरूमा उल्लेख गरेका छन्। नेपाल र जापान बीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै गत वर्ष मे महिनामा तत्कालीन विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण आदानप्रदान भएको पनि उनले स्मरण गरेका छन्।
दुई देशबीचको सम्बन्धलाई अझ राम्रो बनाउन यस अवसरको अधिकतम उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।